क्षतिग्रस्त भूमिको पुनरुत्थानमा जुटे स्थानीय जनता

By Anish Neupane - 12/5/2009

संरक्षणमा उत्प्रेरणा: जिल्ला भू संरक्षण कार्यालय मकवानपुरले चितवन जिल्लाको भू तथा जलाधार सम्वन्धी कार्यको कार्यान्वयन एवं रेखदेख गर्ने गरेको छ । जसमा चितवन जिल्लामा लदरी खोला उपजलाधार क्षेत्र कायम गरि त्यस क्षेत्रमा चुरे क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत जनसहभागिताको माध्यमवाट भू क्षय नियन्त्रण एवं क्षतिग्रस्त भूमिको पुनरुत्थान जस्ता महत्वपूर्ण कार्यक्रममा नसहभागिताको माध्यमद्धारा योगदान पुर्‍याउदै आएको छ । 

चितवन जिल्लाको विरेन्द्रनगर गा.वि.स. ९ मा ३२ घरधुरी र चैनपुर ५ गोठसोरमा १६ घरधुरी संलग्न भै गरिएको खेतीयोग्य जमीनको संरक्षण कार्यले उनीहरुको जिवनमा नाटकीय परिवर्तन भएको देखिन्छ ।  वर्षा याममा सधै आफनो खेतीयोग्य जमीनमा खहरे आई कृषि वाली नोक्सान गर्ने र खेतीयोग्य जमीन वगर भएको देख्दा आफुलाई सुकुम्वासी भएको महशुस समुहका सदस्यहरु एकै स्वरले वताउछन् । वर्षेनी आउने वाढी खेतीयोग्य जमीनमा पस्नाले लगाएको वालीनाली स्वाहा परेवाट उनीहरु हैरान थिए । जसमा समुह गठन गरि उनीहरुको समेत लगानी परिचालनगरि संयुक्त प्रयासवाट नियन्त्रण गर्नेकार्य सफलहुनुले जिल्ला भू संरक्षण कार्यालय मकवानपुरको सामाजिक परिचालन कार्य दरिलो देखिन्छ ।

वायोइन्जिनियरिड. प्रविधिद्धारा खहरे नियन्त्रण कार्य: विरेन्द्रनगर गा.वि.स. ९ मिलनटोलका कुल ३२ घरधुरी संलग्न समुहवाट श्रमदान र प्रत्यक्ष लगानि समेत गरि रु ७५,४१२। भएको देखिन्छ भने BISEP-ST वाट रु ५०,०००। वरावरको सहयोग प्रदान गरिएको थियो यसै गरि चैनपुर ५ गोठसोरका १६ घरधुरीवाट ४२,८७७। रुपैयां वरावरको नगद र श्रमदान भएको BISEP-ST कार्यक्रमवाट रु ४१,२२३। रुपैया सहयोग भएवाट लगभग १० हे.  खेती योग्य जमिनमा वायोइन्जिनियरीड. प्रविधिमार्फत संरक्षण गरि खहरे नियन्त्रण भई क्षतिग्रस्त कृषि भूमीको पूनरुत्थान (Land reclamation) हुन गई उत्पादकत्व वढेको र हाम्रो जिविकोपार्जनमा ठोस सहयोग पुगेको साथै BISEP-ST ले गरेको आर्थिक र भू संरक्षण कार्यालयको प्रविधिक सहयोगलाई यस क्षेत्रका वासिन्दाले अविश्मरणीय योगदानको रुपमा लिइरहने  समुहका सदस्यहरु वताउदछन ।

Post new comment

The content of this field is kept private and will not be shown publicly.

About the author

anishn's picture

Full Name
Anish Neupane

Position
Communication & Monitoring Officer

Organization
District Forest Coordination Committee (BISEP-ST)

View full user profile