दोश्रो जिल्ला स्तरीय संयक्त अनुगमन : एक विश्लेषण

By Anish Neupane - 7/24/2010

परिचयः तराई तथा शिवालिकको लागि जैविक विविधता क्षेत्र कार्यक्रम Bio Diversity Sector Program for Siwalik & Terai (BISEP-ST) अन्तर्गत जिल्ला वन समन्वय समितिका सदस्य ज्यूहरुको स्थलगत अवलोकन तथा अनुगमन जिल्ला वन समन्वय समिति, ( जि.व.स.स.) चितवनको आयोजनामा मिति २०६७।०३।२४ गते सम्पन्न भयो । उक्त कार्यक्रममा जि.व.स.स. अनुगमन टोली संयोजक श्री रामद्धवज डल्लाकोटी (क. विवेक) ज्यू, लगायत राजनैतिक दलका प्रतिनिधिज्यूहरु, सामुदायिक वन (सा.व) महासंघका प्रतिनिधि, पत्रकार र सम्वद्ध लाईन एजेन्सिका प्रमुख र प्रतिनिधिहरु गरी जम्मा २० जनाको सहभागिता रहेको थियो । जिल्लामा सन् २०१० को पहिलो तथा दोश्रो त्रैमासिक अवधिमामा संचालन गरिएका BISEP-ST तर्फका विभिन्न कार्यक्रमहरु मध्ये जिल्ला वन समन्वय समितिको कार्यालय र जिल्ला भू संरक्षण कार्यालय, मकवानपूरले सञ्चालन गरेका आयआर्जन, गोवर ग्यास प्लान्ट र शूश्म जलाधार संरक्षण कार्यक्रमहरुको स्थलगत अवलोकन तथा अनुगमन कार्य सम्पन्न भएको छ । यसरी Line Agencies & DFCC द्वारा संचालित कार्यक्रमहरुको कार्यान्वयन पक्षमा भएका लगानी र उपलव्धिवारे स्थानीय सरोकारवालाहरु : वन समुह र व्यवस्थापन संचार तथा अनुगमन अधिकृत श्री अनिश न्यौपाने ज्यू ले गर्नु भएको थियो ।

उद्देश्यहरु :

  • सन् २०१० को पहिलो /दोश्रो त्रैमासीक अवधीमा सम्पन्न भएको कार्यक्रमको स्थलगत अनुगमन गर्ने ।
  • स्थलगत अनुगमनवाट देखिएका सवल/दुर्वल पक्षहरुको मुल्यांकन र कमि कमजोरी हटाउन राय सुझाव संकलन गर्ने ।
  • प्राप्त मुल्यांकन तथा सुझावको आधारमा आगामी कार्यक्रमहरुको गुणस्तरमा सुधार ल्याउने ।

स्थान छनौट तथा कार्यक्रम तयारी :

संयुक्त अनुगमन. कार्य संचालन गर्नका लागि कार्यान्वयन निकायवाट संचालित क्रियाकलापहरु मध्ये प्रतिनिधिमुलक ढंगवाट तीनवटा क्रियाकलाप Random Sample को आधारमा छनौट गरिएको हो ।

अनुगमन तथा मूल्यांकनको क्रममा औंल्याइएका सवल पक्षहरु तथा सुधार गर्नुपर्ने पक्षहरु :

१. आयआर्जन कार्यक्रम र वायो ग्यास प्लान्ट (Toilet Connection)

जिल्ला वन समन्वय समितिको सेवाप्रदायक श्री अजिंगरे सा.व.उ.स., चैनपूर, सहयोग जि.व.स.स. चितवन

सवल पक्ष :

  • १६ विपन्न जनजातिको समावेश गराई वंगुर पालन कार्यक्रम सञ्चालन भएको ।
  • Matching fund का रुपमा सा.व. वाछ पनि रु ५०,००० को व्यवस्था गरि सा.व. ले कार्यलयसंगको समन्वयगरी कार्यक्रम सञ्चालन भएको पाइयो ।
  • जि.व.स.स. र सा.व. गरि १००,००० मध्ये ८०,००० वस्तुगत खरिद, रु १६,००० वचत, र ४,००० सहजीकरण गरि कार्यक्रम सञ्चालन भएको ।
  • अतिरीक्त लाभ भएको (फुर्सदको समयको सदुपयोग )
  • वितरण गरिएको वंगुरको हालको अवस्था राम्रो भएको पाइयो ।
  • वायो ग्यास प्लान्ट सहयोग कार्यक्रमले वनमा पर्ने चापमा कमि ल्याएको ।
  • सा.व. वाट पनि वायो ग्यास प्लान्ट कार्यक्रममा आर्थिक सहयोग पुर्‍याएको ।
  • वायो ग्यास प्लान्ट कार्यक्रम मध्यम वर्ग कार्यक्रममा समावेश भएको ।

सुधारगर्नुपर्ने पक्षहरु :

  • अन्य घरधुरीहरुलाई समेत क्रमिक रुपमा कार्यक्रममा समावेश गर्दै लगिनुपर्ने ।
  • वंगुरपालन सम्वन्धि तालिम समय समयमा उपलव्ध गर।इरहनुपर्ने पाइयो ।
  • वायो ग्यास प्लान्टलाई आगामी दिनमा सवै घरधुरीलाई पुर्‍याउन सकेमा अझ प्रभावकारी हुने देखिन्छ ।

२. सुक्ष्म जलाधार संरक्षण कार्यक्रम

सेवाप्रदायक : श्री कंकाली सा.व., चैनपूर, सहयोग जिल्ला भू संरक्षण कार्यालय, BISEP-ST

सवल पक्ष

  • करिव १ विगा क्षेत्रफलमा २५ मि. लम्वाईको वाध वनाई पोखरी निमार्ण गरिएको ।
  • खेर गईरहेको खाली जग्गामा पोखरी वनाई माछापालन गरि आयआर्जन तथा मिश्रित प्रजातीका विरुवाहरु वृक्षारोपण गरि जैविक विविधतालाई संरक्षण गरेको । • आउटलेटको लागि २ ई. को ६ गोटा पाइप फरक फरक उचाईमा प्रयोग गरिएको ।
  • उक्त पोखरीवाट विभिन्न आयआर्जन कार्यक्रम सञ्चालन गर्न सकिने पाइयो जस्तो कि माछापालन, तरकारी खेति आदि ।
  • गत आ.व.मा कार्यक्रम सञ्चालन गरि यस आ.व. समेत पून सहयोग कार्यक्रम रहेको जसका लागि कार्यालयवाट रु १००,००० र सा.व. वाट matching fund का रुपमा रु ३२,३४५ रहेको ।
  • उपभोक्ताले आफ्नो लगानी तथा सोचवुझ लगाई त्यस क्षेत्रलाई पर्यटकिय क्षैत्र विस्तार गर्नुका साथै कार्यक्रम प्रति अपनत्व वढेको ।

सुधार गर्नुपर्ने पक्ष तथा सुझावहरुः

  • वांध निर्माण गरिएको पहिलो वर्षहुदा संरक्षणका लागि सा.व.उ.स.द्धारा उचित व्यवस्था गर्नुपर्ने देखिन्छ ।
  • खालि रहेको अन्य क्षेत्रमा समेत विरुवा रोषण तथा मर्मत सम्भार कार्यगर्नुपर्ने जस्री देखिन्छ ।
  • कार्यक्रमवाट प्राप्त लाभांश वितरणमा पिछडिएका वर्गकौ छुटै समुह वनाई गरिव केन्द्रित वनाउन सके वढी प्रभावकारी हुने ।
  • निर्माण गरिएकौ पोखरीको माथिल्लो एवं दुवै साइडमा भु क्षय रोक्ने प्रजातीका विरुवाहरु लगाउनु पर्ने ।

जिल्ला स्तरिय संयुक्त अनुगमनवाट प्राप्त समग्र मुल्याङ्कन तलको ग्राफमा देखाइएको छ ।

साथै अनुगमनवाट अनुगमन गरिएका सम्पूर्ण कार्यक्रमहरुको औसत प्रतिशत ९५ रहेको पाइयो जसवाट BISEP-ST कार्यक्रम ज्यादै प्रभावकारी र उद्देश्यपरक भएको देखिन्छ ।

निश्कर्षः

वन क्षेत्रमा सञ्चालित कार्यक्रमहरुको सम्वद्ध सरोकारवालाहरुको सहभागितामा आवाधिक रुपमा अनुगमन गरि सोको मुल्याड्ढन समेत गर्दा BISEP-ST कार्यक्रमले समयमै मितव्ययी ढंगवाट प्रभावकारी एवं गुणस्तरीय सेवा प्रदान गरेको देखिन्छ । भविष्यमा अनुगमन र मुल्याड्ढनलाई संस्थागत गर्दै जादां कार्यक्रम झन वस्तुपरक र उद्देश्इपरक हेदै सुशासनमा देवा पुग्ने देखिन्छ ।

 Tags:

Post new comment

The content of this field is kept private and will not be shown publicly.

About the author

anishn's picture

Full Name
Anish Neupane

Position
Communication & Monitoring Officer

Organization
District Forest Coordination Committee (BISEP-ST)

View full user profile