आँप नेपालमा परापूर्व काल देखि खेती गरिदै आएको स्वादिष्ट, विश्व प्रसिद्ध तथा अत्यन्तै पौष्टिक तत्व यूक्त फल हो । आँपको प्रत्येक भाग मानिसहरुले जीवनको अधिकांश पाटोमा प्रयोग गरिन्छ । यसको रुख हुने अत्यन्त उपयोगी, दीर्धजिवी, सघन एवं विशाल हुन्छ । यो नेपालको पूर्व देखि पश्चिम तथा दक्षिणको तराइ देखि पहाड (३००० फीटको उचाइ) सम्म हुन्छ । अनुकुल जलवायु पाउँदा यसको रुख करीव ५०, ६० फीट अग्लो हुन्छ । यसबाट काठ, दाउरा, सोत्तर, फल, छाँया, शितल आदि हुने भएकोले धेरै मानिसले घर आँगन, आली, डिल आदिमा लगाएको हुन्छ भने सार्वजनिक ठाँउ स्कूल, सडक छेउ छाउ, नहर, चौक चौराहामा प्रशस्तै लगाएको पाइन्छ । यो फल धेरै मानिसहरुले मन पराउने तथा एकै बैठकमा ठुलो परिमाणमा खान सक्ने उष्ण प्रदेशिय फल भएकोले आँपलाई फलहरुको राजा पनि भनिन्छ । आँपलाई शास्त्रमा अमृत फल पनि भनिन्छ । पहिला पहिला नेपालमा तराइको समतल तथा चुरियामा हुने गर्दथ्यो भन्ने जलबायु परिवर्तनले गदा पहाडमा समेत राम्रो उत्पादन हुने अवस्था प्रकृतिले श्रृजना गरि दिएको छ ।
नेपालमा तराई र पहाड गरी आँप करीव ५२०० हेक्टर क्षेत्रफलमा खेती गरिएकोमा आँप उत्पादन दिने जम्मा ४१६० हेक्टर मात्र रहेको छ । नेपालको तराइको भू-भाग माटो तथा हावापानी सुहाउँदो भएकोले एवं विश्व व्यापारीकरण तथा यातायातको सुविधाले संसारमा यसको माग श्रृजना भई आर्थिक दृष्टिकोणले ठूलो महत्व राख्दछ । त्यसैले आजकाल सानादेखि ठूला किसानसम्म जग्गामा आँप लगाउन थालेका छन् । आँपको जरा गहिरो जाने, छहारी दिने, फल, दाउराका साथै सौन्दयैता समेत दिने भएकोले आज काल सडक छेउ छाउमा अरु रुखहरु भन्दा आँप नै बढी लगाउन थालिएका छन् । आँपको सीजनमा आँप व्यापारी, श्रमिक तथा हेरालु आदिको रुपमा काम गरी यसवाट अनेकौ रोजगारी प्राप्त हुन्छन ।
पाकेको आँपमा प्रोटीन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेट,क्याल्सियम, फसफोरस, फलाम, भिटामीन ए, बी, र सी लगायत हुन्छ । यसमा गुलियो मात्रा ११ देखि २० प्रतिशतसम्म रहन्छ । यसमा टार्टरिक एसिड तथा मैलिक एसिड समेत हुन्छ । साइट्रिक एसिड कम हुन्छ । आँपको गुदीमा प्रोटीन ९.६, बोसो ०.१, खनिज ०.३, रेसा १.१, फोसफोरस ०.०२ र फलाम ०.३ प्रतिशत हुन्छ । करीब ९६ प्रतिशत पानी रहने आँपको १०० ग्राममा औसत उर्जा ९० क्यालोरीसम्म हुन्छ । आँप खानाले महिलाहरुमा हुने स्तनको क्यान्सरबाट बच्न सकिने कुरा बैज्ञानिकहरु बताएका छन ।
काँचो वा पाकेको दुबै खालको आपमा औषधीय गुण हुन्छ । आापको बोक्रा, जरा पात, फल, फूल सबै औषधीका लागि प्रयोग हुने आयुर्बेदमा बताउँछ । पाकेको आँपले वीर्य बढाउने, पौष्टिक, वायुनाषक, शीतल, पितनाशी, भोक र बोसो बढाउँछ । यसले मुटुलाई बलिया बनाउनुका साथै पितलाई नियन्त्रणमा ल्याउँछ ।
आँप तराईको सन्दर्भमा काठको संकटता, सिसौंको रोग तथा बनको काठको अमूल्यता तथा अउपलब्धता भएको अवस्थामा जनताको लागि दाउरा, फर्निचर तथा कृषि औजारको हेतु काठको आवश्यकता आँप भएको छ ।
तसर्थ सरकार, अनुसंधान संस्था, निजी संस्था, कृषक, नर्सरी व्यवसायीहरु, व्यापारीहरुले आँपको उत्पादन, प्रवर्धन तथा बजारीकरणमा संवेदनशील हुनु नितान्त आवश्यक छ ।
आँपको महत्व एवं प्रयोग
- आँपको झरेको पात गरीवहरुको लागि खान पकाउन इन्धनको रुपमा प्रयोग गरिन्छ ।
- आँपको सामाजिक तथा धार्मिक हिसावले विवाह, ब्रतबन्ध, दाहसंस्कार, श्राद्ध, नुवारन, पूजा तथा शुभकार्यमा कलशको रुपमा प्रयोग गरिन्छ ।
- पातको हिन्दु धर्ममा गृह प्रवेशमा घेरा तथा विवाहमा आँप विवाह गर्न प्रयोग गरिन्छ ।
- बैशाख नर्या वर्षमा आँपको सानेा फल खाएमा शुभ मानिन्छ ।
- आँपको पाकेको फलमा कार्बोहाइड्रेटको साथै प्रशस्तै भिटामीन ए र सी पाइने भएकोले स्वास्थयको दृष्टिकोणले महत्व हुनुको साथै धेरै औषधीहरुमा पनि प्रयोग गरिन्छ
- आँपको काँचो फल अचार, चटनी, मोरवा, पाकेको फल प्रसाद, अमौट प्रयोग गरिन्छ ।
- आँपको हाँगा दाउरामा तथा काठ फर्निचरमा प्रगोग गरिन्छ
- आँपको बोटले घर आँगनमा छाँया, शीतल, सौन्दर्यता प्रदान गर्ने गर्दछ ।
- आँपको फल मानिसहरुको आम्दानीको राम्रो श्रोत हुने भएकोले आर्थिक महत्व पनि उतिकै छ ।
- आँप आफनो आउँदो पिढीको लागि ठुलो धन सम्पति भएको ले आर्थिक सुरक्षाको रुपमा पनि चिनिन्छ ।
हावापानी तथा माटो
आँप उष्ण तथा समोष्ण किसिमको फल हुने भएकोले २००० फीटको उचाईसम्म उत्पादन भएको पाइन्छ । आँपको लागि दुइवटा महत्वपूर्ण कार्य पहिलो फूल फूल्ने बेला तुषारो तथा सुख्खा मौसम र फल पाक्ने बेलामा प्रशस्त गर्मी आवश्य रहन्छ । आँपको लागि ७५ देखि ८०० फारेन्हाइट उपयूक्त हुन्छ भने ३४० फारेन्हाइट भन्दा कम भएमा खतरा हुन्छ । आँप गहिरो जरा हुने फल भएकोले ६ देखि ८ फीट सतही पानीको स्तर हुनु पर्दछ । पानीको निकास भएको गहिरो दोमट माटो तथा पी एच मान ५.५ देखि ७.५ राम्रो मानिन्छ ।
लगाउने तरीका
- खेतमा

- पेाखरीको डिलमा १३, १३ फीटको दूरीमा डिलको दूवै छेउमा लगाउनु पर्दछ ।

- स्कूलको हातामा लगाउँदा १८, १८ फीटको दूरीमा ढिलो फल्ने जात लगाउनु पर्दछ ।
-
रोडको छेउमा सकभर
आँपको जात
आँपको अनेकौ थरीका जातहरु पाईन्छ तर आफनो आवश्यक्तानुसार अगौटे, मध्यम तथा ढिलो जातका बोटहरु लगाइने गरिन्छ । जसमा बम्बइ हरियो, जर्दालु, गोपालभोग, दशहरी, मालद वा फजली, कृष्णभोग, सुकुल, गुलाव खस, मलिका, लगंरा, नीलम, अम्रपाली, चौसा वा खजरी, सुवर्णरेखा, पैरी, सरपुरी, रुमानीहरु प्रमुख रुपमा लगाइन्छ ।
बेाट लगाउने
सदाबहार विरुवाको रोपाई साधारणतया वर्षाको आरम्भमा वर्षा नभएको समय माटोको डल्ला सहित गरिन्छ । सिँचाई उपलब्धताको निश्चितता रहेको खण्डमा आँपको रोपाइ माघ फागुनमा पनि गरिन्छ । पूर्व खनिएको ३,३,३ फीट लम्बाई चौडाई तथा गहिराईको खाडल केही दिन खुल्ला छोडिन्छ र त्यसमा १०—१५ किलो राम्ररी कुहेको गोठेमल ३ महिना अगाडि हाल्न्छि । काँचो गोबरले गर्मी तथा खुम्रे, धमिरा किरा निम्तयाउँछ । बेर्ना ठंढाको बेला बेलुकाका्े समयमा रोपे पछि तुरन्तै सिँचाई गरिन्छ ।
रोप्ने दूरी
पहिले पहिले परम्परागत निर्वाहमूखी फलफूल गरिने भएकोले कलमी तथा बिजु ५०देखि ६० फीटको दूरीमा लगाइन्थ्यो । आजकल १० १० फीटमा पनि घना बगैचाको अवधारणा अनुरुप केही आँपका जातहरु रोप्ने गरिन्छ । आँपको बाट तया हुन ४, ५ बर्ष लाग्नेृ भएकाृले केरा, मेवा, अम्बा, भूइकटहर, भिन्डी, आलु, लौका, बदाम, बोडी, सिमी आँपको बोटको बीचमा रोपेर ठाउँको तथा लागतको सदुपयोग गर्न सकिन्छ ।
मल खाद
आँप बहुवर्षे बोट हुने भएकोले एक चोटी मात्र मल खाद दिएर पुग्दैन । आँपको जसरी उमेर बढदै जान्छ त्यस्तै मल खादको मात्रा पनि बढाउदै जानु पर्दछ । मल प्रयोग गर्दा बोटको खाने सक्रिय जरा बोटको बाहिरी हांगाविगांको परिधिसंग मिल्ने भएकोले गोलो घेरा विधिबाट बोट वा पातको बाहिरी सिधा किनारा पर्ने तल्लो भागमा ६, १० इन्च खाल्टो खनी अषाढ श्रावणमा तल उल्लेख भए अनुसार प्रति बोट मल हाल्नु पर्दछ ।
| वर्ष | कम्पोष्ट वा गोठेमल (किलो) | यूरीया(किलो) | डी ए पी(किलो) | पोटास (किलो) |
|---|---|---|---|---|
| पहिलो | ४ | ३०—५० | १००—१५० | ५०—१०० |
| दोश्रो | ५ | १००—१५० | २५०—३०० | २००—२५० |
| तेश्रो | ८ | २००—२५० | ३५०—५०० | २५०—३०० |
| चौथो | १० | ३००—५०० | ५००—७०० | ३५०—५०० |
| लगातार | २० | ३००—५०० | ५००—७०० | ३५०—५०० |
सिँचाई
आँप रोपेछि सिँचाइ गर्नु नितान्त आवश्यक हुन्छ तर वर्षाको समयमा माटोको चिस्यान रहेको अवस्थामा पानी हाल्नु पर्दैन । अरु समयमा घेरा विधिबाटि पानी दिंदा धेरै राम्रो हुन्छ । पानी फाल्गुन, चैत्र, बैसाख तथा जेष्ठ बाहेक अन्य सुख्खा समयमा हाल्नु जरुरी रहन्छ ।
बोटको संरक्षण
आँपको कलमी बोट विश्वासिलो नर्सरीबाट आफूले रोजेका जातका बेर्नाहरु ल्याएर ३, ४ दिन सम्म छहारीमा राखेर अनि माथि उल्लेखित महिनामा बेलुकाको समयमा लगाइन्छ । बोट लगाइ सके पछि ५, ६ दिन सम्म लगातार पानी हजारीले राखिन्छ । रोपेको दिन नै बाँस वा काठको खम्बा बलियो गाडी डोरीले बाँधिन्छ । जस्ले हुरी हावाले ढल्नबाट जोगिन्छ । आँपको बोटलाई गाई वस्तु चोपायाबाट बचाउन बाँसको डोल तथा तुषारो वा चर्को गर्मीबाट बचाउन डोलमाथि हल्का पराल वा पातलो कपडाले ढाकिन्छ ।
रोग किरा
आँपलाई आँपको गवारो किराले आँपको बोट वा हाँगामा प्वाल पारी करौंतीले काटे झैं काटी सुकाई दिने गर्दछ अन्तमा बोट नै सुक्छ । यो कीरा नियन्त्रण गर्न काठको धुलो खसेको स्थानमा प्वाल पता लगाइन्छ अनि उक्त प्वालमा पात्लो तारले घुचेरे कीरालाई मारिन्छ अनि प्वालमा पेट्रोल वा मटितेल वा थिमेट राखी प्वाल माटोले पुरिन्छ ।
आँपको फडके कीराः यो कीराले आँपको पातको रस चुस्ने बाहेक फूलको रस चुस्ने तथा गुलियो पदार्थ उत्पन्न गरी फूलमा फल लाग्न तथा बढ्रन दिदैंन । यसको लागि रोगर विषादी १.५ मि.ली. प्रति लीटर पानीको दरले १५ १५ दिनको फरकमा ३ पटक स्प्रे गर्नु पर्दछ ।
मिली बगः यो कीरा सेतो रंगको हुन्छ । यो कीरा पनि हांगा तथा फूलको झुप्पाको रस चुस्दछ र गुलियो पदार्थले कालो बनाइ हानी पार्दछ । फडके कीरा जस्तै गर्नु पर्दछ ।
सेते ढुसी रोगः यो फंगस वा ढुसीबाट हुने रोग हो । यसले पात तथा फूलमा सेतो पिठो जस्तो धुलो छरेको जस्तो देखिन्छ । यसको लागि सल्फेक्स तथा सल्फर धुलो २.५ ग्रा. प्रति लीटर पानीको दरले १५ १५ दिनको अन्तरमा स्प्रे गर्नु पर्दछ ।
एन्थ्रैक्नोज, चुच्चोमा कालो दाग, आँपको बिकृति, गल मिज जस्ता रोगहरु लाग्ने गर्दछ ।
![]() |
| लटरम्म फलेका आँप |
बजार
आँपको काँचो फल पनि बजारमा अचार तरकारी, सुकुटीको रुपमा विक्री हुन्छ भने पाक्न लायक छिपेको फल विभिन्न रसायन (कार्वाइड वा इथलीन वा कृपान)ले पकाई बजारमा उपभोगको लगि विक्री गरीन्छ । पाकेको फल नेपालमा बैसाख देखि श्रावण सम्म आँपको आफ्नो उत्पादनले धानेको हुन्छ भने पछि भारतको उत्पादनले पूर्ति गर्दछ ।
यसपालि तराईमा आँपको रुखमा राम्रो फूल लागेको छ तर शुरु देखि नै हुरी बतास, असिनाले धेरै परिरहेकोले किसान, व्यापारी तथा उपभोक्ता प्रभावित हुने प्रवल संभावना देखिन्छ ।

आँप खाने तरीकाका केही तस्वीरहरु

