सामुदायिक वन र बहुआयामिक सामाजिक विकास: पूर्वी नेपालको एक अनुभव

By Neeraj Chapagai... - 1/26/2010

शारांस: सरकारद्धारा व्यवस्थित वन स्थानीय समुदायलाई सामुदायिक वनको रुपमा हस्तान्तरण गरिएपछि सक्रिय वन व्यवस्थापनबाट वनको हैसियत र सदुपयोगमा सुधार आएका कुरा सबले मनन गरेका छन् । यद्यपि समुदायिक वन मार्फत समग्र सामुदायिक विकासमा पुयाइरहेको उपलब्धिहरु र जीवनस्तरमा पुयाएको सकारात्मक प्रभाव तथा नतिजाहरुलाई भने राष्ट्रिय तहको नीति तथा कार्यक्रमहरुलै आवश्यकता अनुसारको महत्व नदिएका हुन कि भन्ने देखिन्छ । २०६५।०६६ सम्म गठन भएका पूर्वी पहाडी जिल्लाका ११०० सामुदायिक वनको अनुगमन तथा सर्वेक्षणबाट प्राप्त नतीजाका साथै वर्तमान वन क्षेत्रको नीति, सा.व. को सुशासन, जीविकोपार्जन तथा वनको दिगो व्यवस्थापन तथा वन क्षेत्र बाहेक अन्य स्थानीय विकासमा पुर्‍याएको उपलब्धीहरुको लेखाजोख गर्न २४ वटा समुहहरुमा प्रयोग गरिएको केहि सामाजिक विश्लेषण विधिको प्रयोगबाट आएका नतिजाहरुलाई समेटने प्रयास गरिएको छ । समावेशीकरण, श्रोत सम्पन्न एक स्वतन्त्र निकाय र अधिकांश ग्रामिण जनताहरुलाई समेटेकोले सामुदायिक वन हाल विकास निर्माण तथा लक्षित गतिविधिहरुको प्रभावकारी कार्यान्वयनका लागि एक महत्वपूर्ण स्थानीय संस्थाका रुपमा लोकप्रिय भैरहेको छ । यसैले यस लेखमा विभिन्न संघसंस्थाहरुले सामुदायिक वनलाई स्थानीय विकासको द्वारको रुपमा लिन सकिने आधारहरु प्रस्तुत गरिएको छ । वर्तमानमा सामुदायिक वनहरुले स्थानीय तहमा समग्र विकास, सुशासन, सामाजिक समावेशीकरण र जीविकोपार्जनमा उल्लेखनीय उपलब्धि हाँसिल गरिसकेका र विकासका अन्य संभावनाहरुलाई बोकेका एक स्थानीय स्वायत्त र अविच्छिन्न अत्ताराधिकार निकायको रुपमा कानुनि हैसियत प्राप्त गरेका छन् । साथसाथै, सामुदायिक वन मार्फत गरीवी न्युनीकरण, फाइदाको न्यायोचित बाँडफाँड, सामाजिक समावेशीकरण, प्रजातन्त्रिक अभ्यास तथा अन्य विकासका सफल कार्यक्रमको विषयमा अध्ययन र सिकाईका लागि एक महत्वपूर्ण विद्यालय बनेको छ । सामुदायिक वनको महत्वलाई अझ फराकिलो रुपमा चित्रण गर्नका लागि मुख्य गरी (क) सामुदायिक वनले वन विकासका अलवा अन्य क्षेत्रमा गरिरहेको लगानी, (ख) स्थानीय तहमा समग्र विकासका लागि अन्य विकासे संघसंस्था संगको साझेदारी, (ग) गरीवी न्यूनीकरण, समावेशीकरण, सुशासन संग सम्वन्धित अभ्यास तथा उपलब्धिहरुलाई यस लेखमा विश्लेषण गरिएको छ ।

लेखकः नीरज चापागाई (नीरेश)1, मणिराम बञ्जाडे2
1कार्यक्रम अधिकृत (अनुगमन तथा सञ्चार) जीविकोपार्जनका लागि वन कार्यक्रम (डि.एफ.आइ.डी) तथा मान्यता प्राप्त प्रशिक्षकः सामाजिक विश्लेषण विधि, ओटावा, क्यानडा
2फरेष्ट एक्सन, काठमाण्डौ

AttachmentSize
CF and Wider development_Nepali.pdf447.55 KB

Post new comment

The content of this field is kept private and will not be shown publicly.

About the author

neeraj's picture

Full Name
Neeraj Chapagain (Niresh)

Position
Programme Officer

Organization
Livelihoods and Forestry Programme, c/o DFID-Nepal

View full user profile