नेपालमा तराईको वन कुनै न कुनै रुपमा सत्ता संचालन संग सम्वन्धित छ । इतिहासमा उद्देश्य अनुसार वन व्यवस्थापन गरेको उदाहरण धेरै कमै छ । संरक्षित र घना वनलाई “हरीयो वन नेपालको धन” भन्ने धेरै पुरानो कथन (उखान) चलेको होला । यसले के जनाउंछ भने एकताका नेपालमा हरियो घना वन प्रशस्त थिए तर आज त्यो अवस्थालाई उखानको रुपमा नयाँ पुस्तालाई सुनाउने गर्दछन् । त्यतिबेला हरियो वनलाई धनको संज्ञा दिएका थिए । हाम्रो देशको सन्दर्भमा धन सम्पत्तीलाई आर्थिक मूल्यको हिसावमा दाज्ने चलन भएकोले त्यसताका (उहिले) पनि हरियो वनलाई आर्थिक मूल्य (Economic Value) को आधारमा व्याख्या गरेको पाईन्छ । विगतको ऐतिहासिक घटना क्रमलाई केलाएर हेर्दा राणाकाल भन्दा पहिलाको शासन व्यवस्था देखि नै वन एउटा राम्रो आयआर्जनको श्रोतको रुपमा र पछिका शासकहरु पनि सत्ता टिकाउन तथा आय आर्जन गर्ने माध्यमको रुपमा प्रयोग गर्दै आएको पाईन्छ, । तर वनलाई सत्त रुपमा व्यवस्थापन गर्ने र गुणस्तरीय वन पैदावार प्राप्तगर्ने प्रणाली बसाल्न सकेन । वन नरित्तिने ढुकुटी हो, काटेपछि आफै आईहाल्छ भन्ने मनस्थिती/धारणाले गर्दा एकताका अधिकांश वन विनास भएको थियो । तराईमा अहिले पनि वन क्षेत्र अत्तिक्रमण तथा अत्यधिक कटानले गर्दा वन विनास भै रहेकोछ । कतिपय वनको वनावट प्राकृतिक रुपले परिवर्तन भई रहेकोछ । वन विभागसंग तराईको वनको संरक्षण गर्ने, वैज्ञानिक व्यवस्थापन गर्ने जस्ता ठोस सोच, उद्देश्य र योजना छैन । अहिले पनि तराईको वनको वैज्ञानिक व्यवस्थापन गर्ने संभावना तथा विकल्पहरु छन । यस्तो मुल्यवान श्रोतको वुद्धिमत्तापूर्ण रुपले व्यवस्थापन गर्यो भने वनको अवस्थामा सुधारको साथ साथै आय आर्जन तथा रोजगारीको धेरै संभावना छ । यस वारे केहि समुदायिक वनमा गरिएको कार्यमुलक अध्ययनको नतिजा र अनुभव यस लेखमा चर्चा गरिएको छ ।
| Attachment | Size |
|---|---|
| 205.44 KB |
Category:
