तराई तथा शिवालिकको लागि जैविक विविधता क्षेत्र कार्यक्रम अन्तर्गत जिल्ला वन समन्वय समितिका सदस्य ज्यूहरुको स्थलगत अवलोकन तथा अनुगमन जिल्ला वन समन्वय समिति, (जि.व.स.स) चितवनको आयोजनामा मिति २०६६।०५।२५ गते सम्पन्न भयो । उक्त कार्यक्रममा यस जि.व.स.स.का अनुगमन टोली संयोजक श्री सुरविर पोखरेल ज्यू, जिल्ला वन कार्यालय (जि.व.का.) का सहायक जिल्ला वन अधिकृत श्री विष्णु प्रसाद पौडेल ज्यू लगायत राजनैतिक दलका प्रतिनिधि ज्यूहरु, सामुदायिक वन (सा.व.) महासंघका प्रतिनिधिहरु, पत्रकार र सम्वद्ध लाईन एजेन्सिका प्रमुख र प्रतिनिधिहरु गरी जम्मा १८ जनाको सहभागिता रहेको थियो । जिल्लामा सन् २००९ मा संचालन गरिएका BISEP-ST तर्फका कार्यक्रमहरु मध्ये जिल्ला वन समन्वय समितिको कार्यालय, चितवनले संचालन गरेको कायर्क्रम, जिल्ला वन कायार्लय, चितवनले सञ्चालन गरेका कायर्क्रम र जिल्ला भू संरक्षण कायार्लय,(जि.भु.सं.का.) मकवानपूरले सञ्चालन गरेको आयआजर्न र गोवर ग्यास प्लान्ट, वृक्षारोपण, शुक्ष्म जलाधर संरक्षण जस्ता कार्यक्रमहरुको स्थलगत अवलोकन तथा अनुगमन कार्य सम्पन्न भएको छ । यसरी Line Agencies & DFCC द्वारा संचालित कार्यक्रमहरुको कार्यान्वयन पक्षमा भएका लगानी र उपलव्धिवारे स्थानीय सरोकारवालाहरु : वन समुह र लाभान्वित उपभोक्ताहरुवाट जानकारी हासिल गरी कार्यक्रमका सवल एवं सुधार्नु पर्ने पक्षवारे सुझाव समेत प्राप्त हुन आएको छ । उक्त कार्यक्रमको संयोजन जि.व.स.स. का संचार तथा अनुगमन अधिकृत श्री अनिश न्यौपानेले गर्नु भएको थियो ।
उद्देश्यहरु :
- सन् २००९ को दोश्रो त्रैमासीकमा BISEP-ST तर्फ DFCC / Line agencies सम्पन्न गरेका कार्यहरुको स्थलगत अनुगमन गर्ने ।
- स्थलगत अनुगमनवाट देखिएका सवल/दुर्वल पक्षहरुको मुल्यांकन र कमि कमजोरी हटाउन राय सुझाव संकलन गर्ने ।
- प्राप्त मुल्यांकन तथा सुझावको आधारमा आगामी कार्यक्रमहरुको गुणस्तरमा सुधार ल्याउने ।
स्थान छनौट तथा कार्यक्रम तयारी :
संयुक्त अनुगमन. कार्य संचालन गर्नका लागि यस वर्षको दोश्रो त्रैमासिक अवधिमा कार्यान्वयन निकायवाट संचालित क्रियाकलापहरु मध्ये प्रतिनिधिमुलक ढंगवाट तीनवटा क्रियाकलाप Random Sample को आधारमा छनौट गरियो ।
अनुगमन तथा मूल्यांकनको क्रममा औंल्याइएका सवल पक्षहरु तथा सुधार गर्नुपर्ने पक्षहरु :
१. वाख्रापालन कार्यक्रम र वायो ग्यास प्लान्ट (Toilet Connection) सहयोग कार्यक्रम
सवल पक्ष :
- अति विपन्न, दलित, जनजाति तथा महिला गरी २१ जनालाई कार्यक्रममा समावेस गरि आयआर्जन कार्यक्रमका लागि वाख्रापालन कार्यक्रम सञ्चालन गरिएको ।
- उक्त कार्यक्रमका लागि जि.व.स.स.वाट रु ५०,०००, सा.व.वाट रु २५०००, र आयआर्जन समुहवाट रु ८९३० गरि जम्मा ८३,९३०। लगानी भएको । (Matching fund को व्यवस्था गरिएको । )
- Post Formation Support कार्यक्रममा जि.व.स.स.वाट रु १०,०००। सा.व. मार्फत रु २०,००० गरि कुल रु ३०,००० लगानी गरिएको । उक्त कार्यक्रम मार्फत तरकारी खेतिका लागि पोखरी निमार्ण गरि सिचाई गर्ने कार्य रहेको पाइयो ।
- कार्यक्रममा विभिन्न सरोकारवाला पहिचान गरि संभावित स्रोतको खोजि गरिएको । जस्तै उक्त सिचाई कायक्रममा गा.वि.स.को समेत लगानी गर्न प्रेरित गरिएको ।
- कार्यक्रम पश्चात आयआर्जन समुहलाई वाख्रापालन तालिम, समुह सशक्तिकरण जस्ता विभिन्न तालिम दिइएको ।
- कार्यक्रममा सार्वजनिक परिक्षणको गरिएको ।
- वायोग्यास प्लान्ट कार्यक्रममा कार्यालयवाट ४ गोटा सम्झौता भएतापनि सा.वको आन्तरिक स्रोत परिचालन गरि थप ६ गोटा प्लान्ट निमार्ण गरिएको ।
- महिला समुहले Saving/Credit शुरुवात गरेको । हालसम्म करिव १४,३५० वचत भएको ।
सूधार गर्नुपर्ने पक्षहरु :
- आयआर्जन समुहको दिगोपनकोलागि सा.व.वाट निरन्तर सहयोग र अनुगमन गरीरहनुपर्ने देखिन्छ ।
- समुहको नियमित वैठकमा सा.व.वाट समेत प्रतिनिधित्व गरि उनीहरुको क्षमता विकास गर्न सकिएमा कार्यक्रमले अपेक्षित उपलव्धि हासिलगर्न मद्धत पुग्ने देखिन्छ ।
- Post Formation support कार्यक्रमलाई प्रभावकारी वनाउन थप पूर्वाधार निमार्ण गर्नुपर्ने ।
२. जि.भू.सं.का.को शुक्ष्म जलाधर संरक्षण कार्यक्रमः दुधकोशि सा.व.उ.स. दवदवेघारी, विरेन्द्रनगर
सवल पक्ष :
- जि.भु.सं.का. र सा.व.का. सहकार्यमा Green Belt तयार गर्न लागिएको करिव ५०० मि. क्षेत्र भित्र ।
- उक्त क्षेत्रमा वांस ६०५, अम्रिसो ६०००, नेपिएर सजीवन १५००, खयर विउ १ के.जि. र अन्य घांस गरि २००० गोटा रोपण गरिएको ।
- उक्त कार्यक्रममा (कार्यालय तर्फवाट रु २,१७,९६५।, सा.व.वाट रु १,०३,७८९। र उपभोक्ता वाट रु ४२,२०२।) कुल ३,६३,९५६। लगानी गरि कार्यक्रम सम्पन्न गरिएको ।
- सिचाई कूलोको मुहानमा ग्याविनको वाध निमार्ण गरि कूलो सञ्चालनमा मद्धत पुगेको ।
- खोला किनारामा ४७ थान ग्याविन जालि लगाई संरक्षण गरिएको ।
- वाध निर्माण कार्यद्धारा करिव ३० विगा क्षेत्रफलको संरक्षणमा टेवा पुगेको ।
- चरिचरण रोकथामका लागि नियमित २ जना हेरालुको व्यवस्था गरिएको ।
सुधार गर्नुपर्ने पक्ष :
- हालको वाढिद्धारा क्षेति पूर्यायएको केहि स्परलाई पूनः मर्मत गर्नुपर्ने ।
- अन्य क्षेत्रलाई समेत विस्तार गर्दै लगेमा संरक्षणमा टेवापुग्ने ।
- विरुवालाई हिउद महिनामा पानीको व्यवस्था गर्नुपर्ने ।
३. अतिक्रमण क्षेत्र नियन्त्रण तथा वृक्षारोपण कार्यक्रम
सवल पक्ष :
- जि.व.का. र प्रस्तावित सा.व.को पहलमा कार्यक्रम सञ्चालन गरिएको ।
- सा.व तथा माओवादि सिविर क्षेत्रको वरपर करिव ५ कि.मि. क्षेत्रमा तारवार तथा वृक्षारोपण तथा तारवार गरिएको ।
- विभिन्न प्रजाति विरुवाहरु र फलफुलका गरि करिव २७ हेक्टरमा वृक्षारोपण कार्य गरिएको ।
- जि.व.का. र सा.व. द्धारा सो क्षेत्रको नियन्त्रण तथा अनुगमनका लागि हेरालुको व्यवस्था गरिएको ।
- उक्त क्षेत्रमा भएको करिव ३६ हेक्टर वन अतिक्रमण नियन्त्रण गरिएको ।
सुधार गर्नुपर्ने पक्षहरु:
- विरुवाहरु रोपण पश्चात समयसमयमा अनुगमन गरिरहनुपर्ने ।
- वन हेरालुको व्यवस्था ५ वर्ष सम्म निरन्तर गरिरहनुपर्ने ।
- खरिद गरीएका विरुवालाई रोपण पूर्व उचित स्याहार सम्हार गर्नुपर्ने ।
- वन क्षेत्रमा अनाधिकृत रुपमा वनाइएका अन्य सार्वजनिक संरचनाहरु, घर टहरा निमार्णमा रोक तथा भईरहेका लागि चाडो हटाउन पहल गर्नुपर्ने ।
- अतिक्रमण व्यापक रुपमा दिन प्रतिदिन वढदै गएको र सो को नियन्त्रणका लागि जिल्ला स्तरीय राजनैतिक दलहरु, प्रशासन तथा अन्य सरोकारवालाहरुको सर्वपक्षीय वैठकद्धारा अन्य क्षेत्रमा समेत तारवार तथा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्नुपर्ने ।
- वन आगलागि तथा अतिक्रमण वारे जन चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने ।
- विभिन्न मिडिया मार्फत उक्त क्षेत्रमा गरिएको प्रयासवारे जानकारी गराई अन्य क्षेत्रमा भएको अतिक्रमणलाई समेत न्यूनिकरण गर्ने तर्फपहल गर्न जरुरी देखिन्छ ।
- उक्त कार्यमा गरिएको कुल खर्च तथा वजेट सम्वन्धि पूर्ण विवरण तयार गरी कार्यक्रममा पारदर्शिता कायम गरिएमा अझ प्रभावकारी र विश्वनीयहुने देखिन्छ ।
- साथै तारवारमा प्रयोग गरिएको काठको पोलको समेत लगत तयार गरि राख्नुपर्ने ।
निश्कर्षः
यसरी कार्यक्रमका लाभान्वित वर्गहरुसंग प्रत्यक्ष रुपमा (सरोकारवाला) कार्यक्रमका वारेमा भएका प्रयासहरु, सवल पक्षहरु र कार्यक्रम कार्यान्वय गर्दाका अनुभव साटासाट गरी भविष्यमा संचालन गरिने यस्तै प्रकृतीका अन्य कार्यक्रमहरुलाई अझ व्यवस्ति र सुधार गर्दै लैजान यस अनुगमनवाट आएका पृष्ठपोषणले मद्धत गर्ने छ । साथै यस अनुगमन कार्यक्रमले भविष्यमा संचालन गर्ने कार्यक्रमको योजना तहमा समेत महत्वपूर्ण भूभिका खेल्ने छ भन्ने विश्वास लिईएको छ ।
Category:
