जिल्ला स्तरीय संयक्त अनुगमन : एक विश्लेषण

By Anish Neupane - 5/27/2010

तराई तथा शिवालिकको लागि जैविक विविधता क्षेत्र कार्यक्रम Bio Diversity Sector Program for Siwalik & Terai (BISEP-ST) अन्तर्गत जिल्ला वन समन्वय समितिका सदस्य ज्यूहरुको स्थलगत अवलोकन तथा अनुगमन जिल्ला वन समन्वय समिति, ( जि.व.स.स.) चितवनको आयोजनामा मिति २०६७।०१।३० गते सम्पन्न भयो । उक्त कार्यक्रममा यस जि.व.स.स.का अध्यक्ष एवं स्थानिय विकास अधिकारी श्री उद्धव प्रसाद तिमिल्सिना ज्यू, जिल्ला वन कार्यालय (जि.व.का.) का जिल्ला वन अधिकृत श्री यम वहादुर थापा ज्यू, अनुगमन टोली संयोजक श्री रामद्धवज डल्लाकोटी (क. विवेक) ज्यू, लगायत राजनैतिक दलका प्रतिनिधिज्यूहरु, साम'दायिक वन (सा.व) महासंघका प्रतिनिधि, पत्रकार र सम्वद्ध लाईन एजेन्सिका प्रमुख र प्रतिनिधिहरु गरी जम्मा ३५ जनाको सहभागिता रहेको थियो । जिल्लामा सन् २००९ र २०१० मा संचालन गरिएका BISEP-ST तर्फका विभिन्न कार्यक्रमहरु मध्ये जिल्ला वन समन्वय समितिको कार्यालय र जिल्ला वन कार्यालय, चितवनले सञ्चालन गरेका नर्सरी निमार्णतथा विरुवा उत्पादन, आयआर्जन र गोवर ग्यास प्लान्ट, कार्यक्रमहरुको स्थलगत अवलोकन तथा अनुगमन कार्यसम्पन्न भएको छ । यसरी Line Agencies & DFCC द्वारा संचालित कार्यक्रमहरुको कार्यान्वयन पक्षमा भएका लगानी र उपलव्धिवारे स्थानीय सरोकारवालाहरु: वन समूह र व्यवस्थापन संचार तथा अनुगमन अधिकृत श्री अनिश न्यौपाने र रेञ्जर श्री देवी प्रसाद पौडेल ज्यू ले गर्नुभएको थियो ।

AttachmentSize
JM news.pdf102.03 KB
 Tags:

About the author

anishn's picture

Full Name
Anish Neupane

Position
Communication & Monitoring Officer

Organization
District Forest Coordination Committee (BISEP-ST)

View full user profile