Shree Bhagavan Thakur's picture
Posted by Shree Bhagavan ...

पृष्ठभुमि : केरा संसार कै पुराना फलफुलहरु मध्ये एक हो र नेपालमा यसले महव्तपूर्ण स्थान ओगेटोको छ । नेपालमा उत्पादित फलफुलहरु मध्ये केरा मात्र वर्ष भरी उत्पादन गर्नुका साथै उपभोग गरिन्छ । केराका धेरै स्थानीय जातहरु परापुर्वकाल देखि नै खेती गरिदैं आएको पाइन्छ । उत्पादनका हिसाबले नेपालको तराई क्षेत्रमा खेतीगरिने उष्ण प्रदेशीय फलफुलहरुमा केराको स्थान अग्रणी रहेको छ ।

नेपालको पुर्व देखि पश्चिमसम्म पहाडी जिल्लाहरुका वेसी, र हेाचा पहाडमा पनि केरा खेती गरिदै आएको पाइन्छ । नेपालमा केराको कुल क्षेत्रफल ५०५५ हेक्टर मध्ये ३६२७ हेक्टर मात्र उत्पादनशील छ भने उत्पादन ५१५९० मे.टन रहेको छ ।(Source: Statistic Information on Nepalese Agriculture.)

नेपालको तराई जिल्लाहरुमा पहिले देखि नै केरा खेती गरिदै आएको भएता पनि व्यवसायिक रुपमा केरा खेती कमै भएको पाइन्छ । व्यवसायिक रुपमा केरा खेती गर्ने प्रशस्त सम्भावना हुँदा हुदै पनि विभिन्न प्राविधिक समस्याहरुले गर्दा कृषकहरु यस तर्फ आकर्षित हुन सकेको छैन । ती समस्याहरुलाई केन्द्रित गरी देहायअनुसारको उत्पादन प्रविधि अपनायमा बढि भन्दा बढि उत्पादन लिन सफल हुन सकिन्छ ।

हावापानी र माटो :

पहाडी क्षेत्र (१५०० मिटर उचाई भन्दा कम) मा वार्षिक सरदर २०००–२५००मि.मि. वर्षा केराका लागी उयपुक्त मानिन्छ । केरा लगाउँदा नै पसाउने समय हिउँद (जाडो मौसम) छलिने गरी लगाउनु पर्दछ । चिस्यानको समस्या नभएको जुनसुकै माटोमा पनि केराखेती गर्न सकिन्छ, तर पनि पानीको निकासको र यस तर्फ आकर्षित हुन सकेको छैनन । ती समस्याहरुलाई केन्द्रित गरी देहाय अनुसारका उत्पादन प्रविधि अपनाएमा बढी भन्दा बढी उत्पादन लिन सफल हुन सकिन्छ ।

जातहरु :

स्थानीय स्तरमा स्थानीय जातहरु अनेक भएतापनि पसाउन लाग्ने अवधि, बोटको उचाँई, फल पाक्न लाग्ने अवधि, केरा घरीको तौल, काँगियोको संख्या र कोसाको संख्या आदीको आधारमा केही उन्नत जातहरुको वर्णन तल तालिकामा उल्लेख गरिएको छ ।

क्र.सं.

जत

फूल फूल्ने समय
(दिनमा)

बेटको उचाइ (से.मी.)

काइयोको संख्या

कोशाको संख्या

घरीको तौल
(कि.ग्रा.)

झापाली मालभोग

४१६

२७६

१०

२१७

२४.३

विलियम हाइब्रीड

४२५

३०३

११

१२०

२६.४

हरिछाल

३९७

१५०

२४८

२६.१

मालभोग (स्था.)

388

320

8

94

12.0

रोवस्टा

517

216

12

238

27.2

केराले गर्मी तथा ओसिलो हावापानी मन पराउने भए ता पनि सिचाईको सुविधा भएमा सुख्खा ठाँउमा पनि सफलता साथ खेती गर्न सकिन्छ । १८–२७oc तापक्रम र हिउँदमा प्रशस्त घाम लाग्ने, तुषारो नपर्ने राम्रो प्रवन्ध भएको हल्का तर प्रशस्त प्राङ्गरिक मल भएको माटो उपयुक्त हुन्छ । थोरै क्षारीय माटोमा पनि यसको खेती गर्न सकिन्छ जहाँ ओइलिने रोगको प्रकोप कम हुने हुन्छ ।

यसरी हेर्दा सबै भन्दा राम्रो जातहरुमा झापाली मालभोग र विलियम हाइब्रेड भएको पाइयो । यी जातहरु चाडो फुल्ने, फल्ने, कोसा संख्या पनि धेरै र कोसा पनि ठूलो, पाके पछि पहेलो रंग हुने, मिठो वास्ना, सुगन्धित र पाकेपछि पनि धेरै दिन राख्न सकिने भएकोले कृषकहरुले समेत यी जातहरु मन पराएका छन् ।

विरुवा सार्ने समयः

साधारणतया केरा गर्मी समयमा सारिन्छ तापनि लुम्लेमा गरिएको अध्ययन परिक्षण अनुसार सबैभन्दा उपयुक्त केरा सार्ने समय चैत्र महिना नै हो । यसरी चैत्रमा सार्दा जाडो समय छलिन्छ र गर्मी समयमा नै केरा पसाउने र पकाउन सकिन्छ । ५–६ पाते, ३५–४० से.मी.अग्लो विरुवा सबैभन्दा उपयुक्त हुन्छ ।

खाडलको तयारी

केरा लगाउनु भन्दा १ महिना पहिले नै २x२ मिटरको फरकमा ०.५x०.५x०.५ मिटरको खाडल खन्नुपर्छ । खाडलमा १०–५ के.जी.राम्रो पाकेको गोबर मल ५% को क्लोरोडिन धुलो ५० ग्राम मिसाएर खाडल पुरी राख्नपर्दछ । यसरी लगाउँदा १ रोपनीमा १२५ विरुवा लाग्दछ । केरा मात्र नलगाई विचमा बाली लगाउने हो भने विरुवा विरुवा बिचको दुरी २ मि. कायम गरी एक लाइन देखि अर्को लाइनको दुरी २ मि.भन्दा बढी जति पनि गर्न सकिन्छ ।

सराको व्यवस्थापन

एक पटक सारेको बोटबाट प्रशस्त नयाँ सराहरु निस्कन्छन् । सरा दुई प्रकारका हुन्छन । पानी सरा (चौडापात र एकनासको डाँठ भएको) र तरबोर सरा (पात तरबार वा चराको प्वाँख जस्तो हुन्छ ।

र डाँठ फेद ठूलो र माथी साँघुरिदै गएको) पानीसरा तलै देखी उखेलेर फाल्नुपर्छ र तारबार सरा जमीनको सतहमा ६/६ हप्तामा काटिदिनुपर्दछ । यसरी काट्दै जादाँ आगामी चैत्रमा एउटा मात्र तरबारे सरालाई बढ्न दिई बाँकी सवै काटेर हटाउने वा निकालेर नयाँ विरुवाको रुपमा अन्यत्र सार्न सकिन्छ । यसरी एउटा मात्र विरुवा बढन दिनाले हरेक वर्ष केरा पसाउने हुन्छ र विरुवा स्वस्थ्य रहन्छ ।

लुम्लेले गरेको अध्ययन परिक्षण अनुसार गाँजमा धेरै सरा (२वा सोभन्दा बढी) राखेर धेरै घरी पसाउँछन् र धेरै फल्छ भन्ने सोचाई गलत सावित भएको छ । १ गाँजमा १/१ सरा मात्र हुर्कन दिंदा घरी ठुलो हुने, कोसा ठुलो र धेरै हुने, बोट स्वस्थ्य रहनुका साथै सरसफाई गर्न पनि सजिलो हुन्छ ।

मलखाद

केराको बढी उत्पादन लिनका लागि निम्नानुसारको मात्रा र समयमा मलखाद दिनु पर्छ ।

मलखाद फागुन जेष्ठ भदौ
डी.ए.पी.(ग्रा.) 80 80 80
युरीया (ग्रा.) 186 186 186
म्यु.अफ.पोटास(ग्रा.) 167 167 167
गोवरमल(के.जी.) 15 10 10

विरुवाको हेरचाह

विरुवा लगाएपछि उपलब्ध भएसम्म सिचाई गर्नुपर्छ । विशेषगरी मल दिंदा र गर्मी, सुख्खा याममा सिंचाई अति आवश्यकहुन्छ । केरा बगैंचा सरसफाई अनिवार्य हुन्छ । सुकेको केराको पात र जमीनमा उम्रेको झारपात समय समयमा हटाउनु पर्दछ ।

गवारो किरा नियन्त्रण गर्न सरसफाई नै प्रमुख उपाय हो र सरसफाईले रोग किरा नियन्त्रणका साथै विरुवा स्वस्थ्य भई धेरै फल्दछ । वर्षा शुरु हुनु अगावै पानी जम्न नदिन बोटको वरिपरि माटोको उकेरा दिनुपर्दछ र हिउँदमा उकेरा हटाएर सियो (Furrow) बनाउनु पर्दछ र धेरै फल्ने केरा बढी तौलको कारणले ढल्न सक्ने हुदाँ पसाउने वित्तिकै टेका दिनुपर्दछ । केरा बगैंचामा छोटो अवधिमा पाक्ने तरकारी बालीहरु कोसेवाली आदी अन्तरवालीको रुपमा पनि लगाउन सकिन्छ ।

केरामा लाग्ने मुख्य रोग तथा किराहरु

१. केराको लाही किरा : यो किराले केरा बगैंचामा प्रत्यक्ष नोक्सान पुर्‍याउनु भन्दा अप्रत्यक्ष रुपमा धेरै नोक्सान पुर्‍याउँदछ । केराको टुप्पामा पात झुप्पर हुने (Bunchy Top) रोग सार्न यसले मद्धत गर्दछ । यसले नियन्त्रणका लागि मालाथियन वा मेटासिस्यक्स कीटनाशक विषादी छर्नुपर्दछ ।

२. गवारो किरा : केराको थाम र गानोमा प्वाल देखिन्छ र कहिले काही डाठँबाट रस निस्केको देखिन्छ । घरी पसाए पछि थानिन नसकेर बोट हुल्दछ । रोकथामका लागि सबै भन्दा उपयुक्त उपाय सरसफाई नै हो । विषादी प्रयोग गर्दा क्लोरोपाइरीफास (Chloropyriphos)को ५% धुलो २.८ ग्राम प्रति बोटका दरले ६/६ महिनामा प्रयोग गर्दा गवारो नियन्त्रण हुन्छ ।

३. ओइलिने रोग : यो रोग फ्युजारिय भन्ने ढुसीले लाग्दछ पानीको राम्रो निकास नभएको र माटोको तापक्रम बढी भएको ठाँउमा यसले बढी आक्रमण गर्दछ । बोटको तलका पातहरु पतेलिएर भाचिन्छन् र नहुन्छन् । नियन्त्रणका लागि रोगी बोट उखेलेर पाल्ने र रोग सहन सक्ने जातहरु लगाउने ।

४. टुप्पामा पात टुप्पा हुने रोग (Chloropy riphos) : यो रोग भाइरसबाट लाग्दछ । यो रोग लागेमा पातहरु एकै ठाँउमा गुजगुन्ज हुने र बोट नबढने हुन्छ । नियन्त्रणका लािग बगैचा र सधैं सफा राख्ने, रोग सार्ने लाही किरा नियन्त्रण गर्न मेटासिस्टाक्स ०.१% झोल छर्ने र रोगी बोट फदैबाट निकालेर हटाउने ।

५. पातको थोप्ले रोग (Leaf spot) : यो रोग एक प्रकारको ढुसीबाट लाग्दछ । यो रोग लाग्दा पातको तल्लो सतहमा पहेलो रंगका धब्बाहरु देखिन्छन् । रोग लागेपछि खाना बनाउने प्रक्रिया (Photosythesis) मा शिथिलता आई कोसा साना र थोरै फल्ने हुन्छन् । केरा बगैंचामा बढी तापक्रम (२४–३०o) र सापेक्षित आद्रता ९८% छ चने रोग लाग्ने सम्भावना बढी हुन्छ । होचा जातहरुमा यसको असर बढी हुने हुनाले केरा लगाउँदा नै जात छनौट गर्नु राम्रो हुन्छ । यसको नियन्त्रणका लागि रोगी पात हटाउने, बगैंचाको राम्रो सरसफाई र पानीको निकास राम्रो संग गर्ने साथै विरुवा लगाउँदा बाक्लो गरी नलगाउने ।

तसर्थ हामीले घरवरिपरि, खाली जग्गा, निजी तथा सार्वजनिक जग्गा, सडक छेउछाउ, भिरालेा जग्गा, मठ मंदिर, स्कूल, मदर्शा, इदगाह, अस्मसाघाट, नहर किनार, बगैचाको वरिपरि, बन भित्र केरा लगाएर जलबायु परिवर्तनको असरबाट वातावरण जोगाउनुका साथै खाद्य, पोषण तथा आर्थिक सुरक्षामा सहयोग पुरयाऔं ।

Tags: 

Category: 

 

Sign up now to join forestryNEPAL - an online community of people interested in Nepalese forestry and related sector. Connect with your peers, share your work, and make your opinion count!

Newsletter

Get forestryNepal news straight to your inbox.

Social