Shree Bhagavan Thakur's picture
Posted by Shree Bhagavan ...

परिचयः

शितल चिनी तराई तथा मथ्य पहाडमा छिटो तैयार हुने रुख जुन मानव खाद्य पदार्थ, औषधी, रंग, घाँस तथा पानी शुद्धिकरणमा प्रयोग हुने अपहेलित बाली हो । यसको उत्पति हिमालयको दक्षिणी भेकमा भएको मानिन्छ । यो विभिन्न देहमा विभिन्न नामले चिनिन्छ । यसलाई ड्रम पिट्ने लठी जस्तो भएकोले अंग्रेजीमा Drum stick भनिन्छ तथा जराको गन्ध मूलाको जस्तो भएकोले Horseradish पनि भनिन्छ ।

गुणहरुः

  • पौष्टिक महत्व: शितल चिनीको खेती पात, फल र जराबाट पाइने विभिन्न खाद्यपदार्थ तथा औषधीको लागि पनि गरिन्छ । यसलाई संसारको धेरै पोषिलो बालीहरु मध्ये एक हो । यसको पातमा गाँजरमा पाइने बीटाकेरोटीन भन्दा बढी, सुन्तलामा भन्दा बढी भिटामीन सी, दूधमा भन्दा बढी क्यालसीयम, पालुङोमा भन्दा बढी फलाम एबं केरामा भन्दा पोटासियम पाईन्छ ।
  • खाद्य तथा पे पदार्थमा प्रयोगः कलिलो नरम फल (कोसा) विभिन्न किसिमले विभिन्न परिकारहरु पकाइन्छ । यसको बीउबाट उत्तम किसिमको तेल निकालिन्छ जुन खाना पकाउन तथा सिंगारमा प्रयोग गरिन्छ । कलिलो बीउ हरियो केराउको परिकार बनाए झैं प्रयोग गरिन्छ । पातहरु संसारको धेरै भागमा तरकारीको रुपमा प्रशस्तै प्रयोग गरिन्छ । जरा मशालाको रुपमा प्रयोग गरिन्छ । ताजा अथवा सुकाएको फूल चिया बनाउन प्रयोग गरिन्छ ।
  • स्वास्थ्यमा प्रयोगः शितल चिनी बच्चाहरुको कुपोषणको लागि सफलताका साथ प्रयोग गरिन्छ भने यसले हाम्रो शरीरको लागि प्रतिरक्षात्मक प्रणालीलाई मजबुत बनाउने क्षमता भएकोले छिटै निको नहुने संक्रमणित रोग जस्तैः एड्स वा एच.आइ.भी. को आधुनिक औषधी बनाउन प्रयोग गरिन्छ । यस्को प्रयोग कलेजोको रोगी समेत विभिन्न अरु रोगहरु उपचार गर्ने परम्परागत औषधी बनाउन प्रयोग गरिन्छ । हालमा यसले एन्टीबायोटिक गतिविधिका रसायन उत्पादन गर्ने भएकोले औषधीहरुको लागि जैविक उत्प्रेरकको रुपमा पत्ता लागेको छ ।
  • अन्य प्रयोगः यस्को बीउ र वा बीउको पिना पानी शुद्धिकरणमा प्रयोग गर्ने दिसा तर्फ अनुसंधान भईरहेको छ ।

बृद्धि विकासः

यो विभिन्न किसिमका वातावरणीय अवस्थामा उत्पादन हुन सक्दछ । यो छाँयामा धेरै उँच्च तापक्रम सहन सक्छ र हल्का तुषारोमा पनि बाँच्न सक्छ । यो सुख्खा सहन सक्ने रुख भएकोले वार्षिक २५०¬–१५०० मि.मी.सम्मको वर्षामा पनि राम्ररी हुन सक्छ । यो राम्रो निकास भएको बलौटे दोमट वा दोमट माटो तर पांगोमाटो पनि सुहाउँछ । यो सिधै बीउ रोपण, बेर्ना सार्ने वा कडा डाँठको कटिङबाट प्रसारण गर्न सकिन्छ ।

उत्पादनः

यसको पात ३–६ महिनाको उमेरमा जब रुख १.५ देखि २ मीटर अग्लो अवस्थामा टिपिन्छ । यसको पात डाँठ हांगाबाट तानेर टिपिन्छ । पुराना पातहरुलाई कडा डाँठबाट नङ्गयाउनु पर्दछ । यस्ता पातहरु सुकेको पातको धुलो अथवा पाउडर बनाउन प्रयोग गरिन्छ किनभने डाँठहरुलाई बोटवाट अर्को ठाउँमा सार्नु पर्ने हुन्छ । ताजा तरकारीको लागि कलिलो हरिया पातहरु विहानै टिपेर बजारमा उही दिन बिक्री गर्ने पर्ने हुन्छ ।

फूल रकोसा दोश्रो वर्षमा उत्पादन दिन्छ । कोसाहरु कलिलो कोमल र हर्रिै टिप्नु पर्दछ । छिपिएको कोसाकोकलिो बीउहरु पाक्नु भन्दा अगाडिसम्म छोटो समयको लागि खान लायक हुन्छ ।

ग्रामीण तथा सामाजीक विकासमा योगदानः

यो न्युन उपयोग पर्ने बाली ग्रामीण तथा शहरी क्षेत्रका मानिसहरुको जीविकोपार्जनमा यसको प्रत्येक भागहरु कुनै न कुनै तरीकाले फाइदामन्द रहेको छ । यसको खेती उद्देश्य र चाहिएको परिमाण अनुसार सामुदायिक परियोजनामा वा परिवार तहमा सानो परिमाणमा गर्ने गरिन्छ । यो वायूअवरोधक, भू–क्षय रोक्न, जिवित बार, सौन्दर्यता तथा अरु बालीको लागि छाँया प्रदान गर्न प्रयोग गरिन्छ । यस्को उत्पादन तथा उपभोगको राम्ररी संतुलन नभएमा जैविक प्रणाली समेतमा नकरात्मक प्रभाव परी अनुवांशिक श्रोत पनि लोप हुने अवस्था हुन सक्ने हुन्छ । त्यसकारण उन्नत प्रविधिबाट खेती गरी हालको आवश्यक्तालाई पुर्ति गर्न सकिन्छ । वास्तवमा शितल चिनीको प्रभावकारी विकास र व्यवस्थापनमबाट विकसित देशहरुमा दीगो विकास ताथ गरिवी न्यूनीकरणमा योगदान पु–याएको छ । मानिसहरुको सामाजिक तथा आर्थिक विकासको लागि सितल चिनीको तत्काल माग र प्राकृतिक श्रोतको आधार संरक्षण बीचको संतुलन हुनु नितान्त आवश्यक छ ।

जातहरुः

स्थानीय जातहरु बढीमात्रामा गाउँ घरमा देखिन्छ। यसमा पनि वर्षमा १ पटक मात्र र कुनै कुनै २ पटक फल्ने पनि हुन्छ । तर बढी उत्पादन लिन को लागि बर्षमा २ चोटी फल्ने जात लगाउनु पर्दछ ।

रोपने दूरीः

२ मीटर पंक्ति देखि पंक्ति १.५मीटर बोट देखि बोटको दुरीमा रोप्नु पर्दछ ।

खाडल खन्नेः

बैसाख महिनामा माथि दिइएको दुरीमा ५० से.मी. लम्बाई चौडाइ तथ गहिराइको खाडल खनी उक्त खाडलमा १० किलो गोठेमल, १ किलो चुन, २ किलो पिना राखी राम्ररी मिसाइ माटोले छोप्नु पर्दछ । जेष्ठको महिनामा पहिलो पानी परेपछि ५० से.मी.को लठी जस्तो मोटो १ वर्ष पुरानो डाँठ/हाँगा काटी हल्का छडके रोप्नु पर्दछ । काटेको अन्तीम माथिल्लो भागमा आलो गोबरले छोप्नु पर्दछ ।

मलखादः

यो बालीमा खासै मल दिएको पाइदैन तर यसबाट राम्रो उत्पादन लिनको लागि फसफोरस र पोटास दिदा राम्रै हुन्छ । प्रत्येक फल टिपाइ पछि १ किलो डी.ए.पी. ०.५ किलो म्यूरेट पोटास दिनु पर्दछ ।

सिँचाईः

उन्नत किसिमको व्यवसायिक खेती गर्दा सुख्खा याममा १, २ पटक सिंचाई गर्नु पर्दछ ।

रोग किराः

यसमा खास गरेर झुसिले किराले पौष माघमा सम्पूर्ण पात खाएर डाँठ मात्र देखिने गरी बनाउने हुनाले यस्को उत्पादनमा धेरै कमी आउँछ । यसको नियन्त्रणको लागि नीमको विषादी ३ मि.ली.प्रति लिटर पानीको दरले स्प्रे गर्नु पर्दछ । रोगमा चिसो महिनामा डढुवा लाग्ने भएकोले व्यवस्थापनका उपाय गर्नु पर्दछ ।

तरकारीको उत्पादनः

शितलचिनीको जात अनुसार तथा बोटको उमेर अनुसार वर्षमा १०० देखि २५० किलो सम्म तरकारीको रुपमा बिक्री गर्न सकिन्छ । यसबाट तरकारीको अभाव भएकौ बेला, वर्षा, बाढी, तुषारो पर्ने बेला ४०, ५० रुपैया प्रति किलो रु.४०, ५० को दरले बिक्रीबाट राम्रो आम्दानी गर्न सकिन्छ ।

श्रीभगवान ठाकुर

गौर १३, रौतहट

कृषि विज्ञ

एल.आर.पी. यू.एन.डी.पी.

महोतरी, जलेश्वर

AttachmentSize
Drum stick nepali article-1 (2).pdf96.35 KB

Category: 

 

Sign up now to join forestryNEPAL - an online community of people interested in Nepalese forestry and related sector. Connect with your peers, share your work, and make your opinion count!

Newsletter

Get forestryNepal news straight to your inbox.

Social