Shree Bhagavan Thakur's picture
Posted by Shree Bhagavan ...

सामानान्तर सिकाइको एक नयाँ तरीका

कुनै पनि योजना, परियोजना, कार्यक्रमको असर, प्रभाव तथा परिणामलार्इ प्रचार प्रसारका लागि सफलताको कथा मामिला अध्ययन आदि लेखन कार्य गरिन्छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत विभिन्न क्रियाक्लापहरु देशभरिका नपा तथा जिविसमार्फत संचालनमा रहेको छ । पर्सा जिल्लाले सामान्तर सिकाइका प्रयासमा नासकेहरु स्थानीय निकाय सहयोगी संस्था समन्वय संस्था तथा संचार कर्मीहरुको जमघट गर्दा समकक्षी सरल सिघ्र सिकाइमा असाध्यै सहयोग भएको छ ।

उक्त क्रियाक्लापहरु मध्ये नागरिक सचेतना केन्द्र (नासके) सदस्यहरुको गरिबि न्यूनीकरणका लागि रु १ लाख जिविकोपार्जन सुधार कार्यक्रम र रु ३ लाख १५ हजार साना पूर्वाधार परियोजना संचालनका लागि प्रति नासके अनुदान स्वरुप व्यवस्था भएको छ । उक्त अनुदानबाट संचालन भएका क्रियाक्लापहरुको प्रभावकारिता अध्ययन तथा मुल्यांकनका लागि पर्सा जिल्ला विकास समितिले फरक किसिमके अनुभव आदान प्रदानको शुरुआत गरेको छ ।

समानान्तर तथा समकक्षी शिकार्इका लागि स्थानीय सेवा प्रदायक संस्थाका सामाजिक परिचालन  संयोजकको सहजीकरणमा जिम्मेबारी पाएका १३ गाविसहरुका पुरानो र नयाँ नासकेका संयोजक सामुदायिक स्वयंसेवक र सामाजिक परिचालकहरुको जमघट गिरएको थियो । सो भेलामा जिविस तथा गाविसका प्रतिनिधि पत्रकार स्थानीय सेवा प्रदायक संस्थाका सामाजिक परिचालन  संयोजकहरु अरु भरभलादमी स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका क्षेत्रीय समन्वय इकाइ जिविस तथा नपा समेतका प्रतिनिधिहरुके समुपस्थिति रहेको थियो । उक्त सामानान्तर सिकाइ कार्यक्रम नासकेहरुको अनुभव आदान प्रदान राम्रा पक्षहरुको उजागर उत्कृष्ट गर्नेहरुलार्इ प्रोत्साहन तथा नराम्रा पक्षहरुको समाधान खोज्न सरोकारबालाहरुलार्इ सल्लाह दिन आफ्नै सक्रियतामा आयोजना गरिएको थियो ।

यसरी प्रत्यक्ष साक्षात्कार कार्यक्रम स्थानीय निकाय सेवा प्रदायक सहजीकरण संस्था समन्वय संस्था संचारकर्मी  तथा लाभग्राही बीच अन्तरक्रिया हुँदा कार्यक्रम नियम तथा कार्यविधि अनुरुप भए नभएको लाभग्राही फार्इदा पाए नपाएको सेवा प्रदायकले सेवा दिए न दिएको समस्या समाधानका लागि आवश्यक पहल भए नभएको विस्तृत छलफल हुँदा सबै सम्बन्धित निकायहरु बढी संबेदनशील तथा जवावदेही बनाउन सहयोग गर्दछ । नासकेहरुमा जिविकोपार्जन सुधार कार्यक्रममा तथा साना पूर्वाधार परियोजनामा उत्कृष्ट गर्ने नासके तथा सामाजिक परिचालकहरुलार्इ पुरस्कार तथा सम्मान गर्दा नयाँ नासके स्वयंसेवक सामाजिक परिचालक तथा अरुहरुलार्इ समेत राम्रो गर्न उत्साहित बनाएको पाइयो ।

पत्रकारको उपस्थितिले स्थानीय पत्रिका तथा रेडियोमा प्रसारणहुँदा जिल्ला तथा समवर्ती जिल्लामा समेत प्रचारप्रसार भइ अरु संघसंस्थाले यस्तै गर्ने सुरुआत गर्दै छ । सो साक्षात्कार कार्यक्रम स्थानीय भाषामा नजीकको ग्रामीण भेकमा गर्दा यसबाट अरु थप महत्व राखेको थियो । हालसम्म सुर्योदय यूवा क्लव तथा जनजागरण यूवा क्लव पर्साको कार्यक्षेत्रका २६ बटा गाविसहरुमा २ ठाउँमा सम्पन्न भएको छ । यसको सिकाइबाट अन्यत्र पनि विस्तारै लाने सोच बनाउनु पर्छ ।

AttachmentSize
File horozontal_learning_prsaa.docx14.27 KB

Category:

Sign up now to join forestryNEPAL - an online community of people interested in Nepalese forestry and related sector. Connect with your peers, share your work, and make your opinion count!

Newsletter

Get forestryNepal news straight to your inbox.

Social