anishn's picture
Posted by anishn

तराई तथा सिवालिकका लागि जैविक विविधता क्षेत्र कार्यक्रम (BISEP-ST) अर्न्तगत सन् २००७ मा जिल्ला वन समन्वय समितिको (जि.व.स.स.) वाट आयआर्जन कार्यक्रमका लागि छनौट भएको श्री शिवपूरी सामुदायिक वन उपभोक्ता समुह पिप्ले ७ ले अति विपन्न तथा गरिववर्गहरु मध्ये दलित ५ जना, जनजाति ४ जना र अल्पसंख्यक र अन्य ८ जना गरी जम्मा २० महिला घरधुरीको लालिगुरास आयआर्जन समुह गठन गरी आयआर्जन कार्यक्रम अर्न्तगत वाखापालन कार्यक्रमको शुरुवात गरिएको थियो । सहभागितामुलक सामाजिक स्तर विधिवाट समुहले ऐलानी जग्गामा झुप्रो घर भएका, १२ महिनानै ज्याला गरी खानेहरुलाई अति विपन्न वर्गमा परिभाषित गरि समुह छनौट गर्‍यो ।

आयआर्जन समुहलाई वाख्रापालन तालिम, औषधी र वाख्रा वितरण गरिएको थियो, जसको लागि सन् २००७ मा रु ५०,०००। र सन् २००८ मा समुह गठन पश्चात सहयोग गरी रु १०,०००। गरी जम्मा ६०,०००। जि.व.स.स. द्धारा सहयोग गरिएको थियो । साथै सा.व.उ.स. वाट वाख्रा खोर निमार्णका लागि निःशुल्क रुपमा काठ उपलव्ध गराएको थियो ।

सामुदायिक वन र जि.व.स.स.को सहयोगमा खरिद समिति गठन गरी उन्नत जातको वाख्रा पैचो दिएपछि आयआर्जनमा सामान्य वृद्धि हुदै गई रहेको छ । एक वर्षमा दुईपटक सम्म व्याउने र दुई तीन वटा पाठापाठि जम्माउने उन्नतजातका वाख्रापालनले वार्षिक पैच्चिस / तीस हजार भन्दा वढि आम्दानि भएको भन्नुहुन्छ उक्त आयआर्जन समुहका अध्यक्ष तुलषी परियार । उहा भन्नुहुन्छ एउटा पाठिवाट शुरु गरेकोमा विक्री पश्चात हाल उहां संग २ माऊ र २ गोटा खसि रहेको अवस्था छ । वाख्राको आम्दानीवाट आफ्ना छोराछोरीको पठाई खर्च र वचतमा समेत राम्रो टेवा पुगेको छ भन्ने धारणा छ ।

मासिक वचत वापत रु १० का दरल शुरु गरेकोमा हाल उक्त समुहमा रु १९४००। वचत संकलन भईसकेको छ र सो को परिचालन विभिन्न आयआर्जन क्रियाकलापहरु घरायसी तथा दुखको अवस्थामा क्रृण लगानी गरिएको छ । सानो रकमका लागि पनी श्रीमान् तथा अन्य परिवारका सदस्यहरु संग माग्नु पर्ने, भनेको वेलामा उपलव्ध नहुने र चर्को व्याजदर जस्ता समस्याले ठूलोमारमा परेका समुहका कोषाध्यक्ष सन्त माया मगरका अनुसार आफ्नै कोषको रकम परिचालन सस्तो र सुलभ रुपमा प्रयोग गर्न पाइने भएको छ भन्नुहुन्छ । कोषाध्यक्ष मगरका अनुसार वाख्रापालनवाट हालसम्म रु २५००० आम्दानी भइसकेको र हाल माऊ र पाठा पाठि गरि ५ गोटा रहेका भन्नुहुन्छ । साथै उक्त समुहका सदस्य गोमा रुवालीद्धारा हालसम्म रु १८०००। वरावरको आम्दानी भएको र हाल ४ गोटा खसी, वोका विक्रि गर्ने अवस्थामा पुगेको भन्नुहुन्छ ।

समुहका अध्यक्ष परियारका अनुसार वाख्रापालन कार्यक्रमले समुहका सदस्यहरुको आर्थिक अवस्था राम्रो हुदै गई रहेको छ । उक्त समुह मार्फत हाल आएर सट्टा वाख्रा कार्यक्रमले अर्को २० जनाको वाख्रापालनसमुह गठन गरि पाठि समेत दिइसकेको अवस्था छ ।

सामुदायिक वन मार्फत BISEP-ST ले सहयोग गरेवाट समुहका सदस्य ज्यादै हर्षित देखिन्छन् । यसै क्रममा सा.व.का सचिव श्री गुणराज थपलिया भन्नुहुन्छ BISEP-ST कार्यक्रम त साच्चीकै गरिव, दलित जनताका लागि वनेका कार्यक्रम रहेछ । यसले हामीलाई वन संरक्षण र जैविक विविधता संरक्षणमा अझै हौस्याएको छ । कार्यक्रम सञ्चालन गर्दा गरिएको सहभागितामुलक अनुगमन तथा सार्वजनिक लेखा परिक्षणले समेत सा.व.लाई उक्तदायित्व प्रदान गरेको छ ।

Category: 

 

Sign up now to join forestryNEPAL - an online community of people interested in Nepalese forestry and related sector. Connect with your peers, share your work, and make your opinion count!

Newsletter

Get forestryNepal news straight to your inbox.

Social