BabuRam Pokhrel's picture
Posted by BabuRam Pokhrel

नेपाल रेड सम्बधि राष्ट्रिय कार्यनीति निमार्ण प्रकृयामा अगाडि बढेको छ । एकल, सामुहिक वा संस्थागत रुपमा धेरै व्यक्तित्वहरुले यस सँग सम्बन्धित विभिन्न प्रकारका प्रयत्नहरुको थालनी गरेका छन् । यस लेखमा नेपालको सन्दर्भमा गरिएका रेड सम्वन्धि अध्ययनहरुको पुनर्लेखाजोखा गरिएको छ । यो अध्ययनले प्रायसजो अनुसन्धानहरुमा गरिएको वन कार्बन मौज्दात आंकलन कार्य जटिल भएको देखाएको छ जबकी अन्य अध्ययनहरुमा भने स्थानिय समुदायको जिविकोपार्जनमा लाभ पुर्याउनको लागि वन कार्बन मौज्दात र यसवाट हुने राजस्व उत्पादन बीचको सम्वन्ध स्थापना गर्ने प्रयत्न गरिएको पाइन्छ । केही विद्वानहरुले रेड सम्वन्धि योजनाबाट गरिवी न्यूनिकरणमा महत्वपूर्ण योगदान पुग्न सक्ने वताइरहेको बेला केही भने असहमत रहेका छन् र यसको सट्टामा दिगो वन व्यवस्थापनको माध्यमबाट कार्बन बृद्वि बापतको भूक्तानी एकत्रित गराउने संयन्त्रको विकास गनुपर्ने सुझाव दिएका छन् । यद्यपि विभिन्न भण्डारहरुमा भएको कार्बन शोषण आंकलनको लागि अन्तरराष्ट्रिय मान्यता प्राप्त विधिहरुको प्रयोग गरिनु प्रशंसनिय भए तापनि यस्ता अध्ययनहरुमा प्रयोग गरिएको त्रुटियुक्त मानहरुको बीचमा एकरुपता भने नभएको पाइन्छ । देशको चार भाग क्षेत्र मध्ये तीन भाग क्षेत्रलाई अलग राख्दै सामुदायिक वनमा मात्र सिमित यी अध्ययनहरुमा तराइ र उच्च हिमाली क्षेत्रमा पर्ने भौगोलिक भू–भागलाई धेरै कम मात्रमा मूख्य अध्ययन क्षेत्रको रुपमा केन्द्रित गरिएको पाइन्छ ।

यस लेखमा नेपालमा निमार्ण गरिएका रेड सम्वन्धि विकासका कार्यहरुको लागि आवश्यक परिपुरक कार्यक्रमहरुको थप लेखाजोखा र यी कार्यहरुलाई दिगो रुपमा सफल वनाउनको लागि आवश्यक तरिकाहरुको पहिचान गर्नुपर्ने आवश्यकता रहेको सुझाव दिइएको छ । चौतर्फि परामर्श र न्यायोचित भूक्तानी प्रकृयाको व्याख्या गर्नका लागि सरकार र नागरिक समाजका अगुवाहरुको बीचमा प्रयाप्त वार्तालाप हुनुपर्ने, वन तथा कार्बन उपभोग स्वामित्व प्रणालीको स्पष्ट व्याख्या गरिनुपर्ने र आदिवासी तथा वनमा आश्रित समुदायहरुको अधिकारसंग सम्वन्धित सवालहरु समेत समेट्नु पर्ने कुरामा पनि यस लेखमा विशेष जोड दिइएको छ ।

प्रस्तुतकर्ताः एक राना र केशवराज गौतम

नेपाली अनुवादकर्ताः बाबुराम पोख्रेल

AttachmentSize
PDF icon Review of Studies on REDD in Nepal.pdf175.78 KB

Tags: 

 

Sign up now to join forestryNEPAL - an online community of people interested in Nepalese forestry and related sector. Connect with your peers, share your work, and make your opinion count!

Newsletter

Get forestryNepal news straight to your inbox.

Social