कार्यकारी संक्षेप: धनकुटा जिल्लाका अरुण र तमोरका किनाराका जंगलमा पाइने वेल जंगलमा पाकेर सडेर जान्थे । केहि वर्ष देखि यता यसको प्रशोधन मार्फत उपयोगिता मूल्य थपी बजारीकरण गर्ने काम दुई उद्योगहरुले शुरु गरिसकेका छन्। यस जिल्लामा वेल श्रोत कहाँ कुन अवस्थामा पाइन्छ, यसका सरोकारवालाहरु को को हुन्, यसको मूल्य चक्रका चरणहरुमा के कस्ता समस्याहरु र अवसरहरु छन् भनी अध्ययन गरी यथार्थ विवरण अगाडी ल्याउनु यस अध्ययनको उद्देश्य हो । यस अध्ययनका लागि प्राथमिक र दोस्रो दुवै श्रोतहरु जानकारी संकलनका लागि उपयोग गरिएको छ । प्राथमिक श्रोतहरुमा वेल संकलक, सामुदायिक वन, उपभोक्ता समूहहरु र यसका जिल्ला महासंघका पदाधिकारीहरु, प्रशोधकहरु, थोक बजारका प्रमुख, खुद्रा विक्रेताहरु, उपभोक्ताहरु लगायत सम्पूर्ण कारोवारवालाहरुसंग व्यक्तिगत अन्तरवार्ता, समूह केन्द्रित छलफल, प्रश्नावली, स्थलगत अवलोकन जस्ता अध्ययन पद्धति अपनाईएको छ । यहाँका उद्योगहरुले दिगो कच्चा पदार्थ आपूर्ति व्यवसायिक उद्देश्य अनुसार संगठन पुनसंरचना र बजारको चाख र माग अुनसार उत्पादन व्यवस्थापन गर्न सकेका छैनन् । प्रशोधिन प्रक्रियामा आवश्यकीय उपकरणहरुको उपयोग र खाद्य पदार्थ प्रशोधन गर्दा कायम राख्नु पर्ने सरसफाई र स्वास्थ्यको मापदण्डमा कमि रहेको छ । केही सरकारी नीति र नियम उद्येगका लागि प्रतिकुल छन् । अति आवश्यक वित्तीय र व्यवसायिक सेवाहरु उद्योगको सहज पहुँचमा छैनन् । यस अध्ययनले बेलको परिचय, यसको वितरण, उपयोगिता बारे जानकारी यस अध्ययनको पहिलो भागमा उल्लेख गरिएको छ, भने वेलको मूल्य चक्रका प्रमुखकर्ताहरुको कार्य र तिनको भूमिका बारे त्यसपछि प्रस्तुत गरिएको छ । वेल प्रशोधनमा संलग्न संस्था तिनको अवस्था र त्यसको वजार स्थितिलाई निरुपण गरिएको छ । वेल प्राकृतिक श्रोत र यसको मूल्य चक्रमा अन्तरनिहित समस्या र अवसरहरुको पहिचान, प्राथमिकताका साथ थाल्नु पर्ने काम र अन्त्यमा यस मूल्य चक्रलाई व्यवस्थापन गर्न देखिएका समस्याहरुको आधारमा सुझावहरु दिईएको छ ।
प्रतिवदेन लेखन: सुवास चन्द्र कुवंर र माधब भारद्घज
| Attachment | Size |
|---|---|
| 959.87 KB |
Tags:
Category:


