जि.व.स.स. चितवनको आयआर्जन अर्न्तगत वाख्रापालन कार्यक्रम

जिल्ला वन समन्वय समितिको कार्यालयको सन् २००९ को स्वीकृत वार्षिक कार्यक्रम अर्न्तगत आयआर्जन कार्यक्रमका लागि कविलास गा.वि.स. अर्न्तगत रहेका तीन वटा सामुदायिक वन उपभोक्ता समुह (इनदेणी, अकलादेवी र वागेश्वरी सा.व.उ.स.) मा विपन्न र गरिव परिवारलाई प्रत्यक्ष लाभ पूर्‍याउने उद्देश्यले आयआर्जन कार्यक्रम अर्न्तगत वाख्रापालन कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रमका लागि जि.व.स.स.वाट प्रति समुह रु. ५०,०००।, सम्वन्धित सा.व.उ.स. वाट प्रति समुह रु. १००००० गरी जम्मा रु. १५०,००० हरेक समुहमा लगानी भएको छ ।

साथै उक्त आयआर्जन समुहलाई जि.व.का. , चितवन द्धारा प्रति समुह रु ५०,००० का दरले अम्रिसो रोपण, डालेघास रोपण जस्ता वाख्रापालनमा टेवा पूर्‍याउन कार्यक्रम सञ्चालन गरिएको छ ।

उक्त कार्यक्रमवाट प्रति व्यक्ति रु ५००० का दरले २–३ गोटा सम्म वाख्रा खरिद, समुह सशक्तिकरण र क्षमता विकास, वाख्रापालन सम्वन्धि १ दिने तालिम, औषधि उपचार, समुह वचत तथा परिचालन जस्ता महत्वपूर्ण कार्यक्रम सम्पन्न भएका छन् ।

कार्यक्रममा दलित, चेपाङ, तमाङ वर्गवाट अति विपन्न, गरिव तथा महिला समावेश गरि जम्मा ७६ जना यस कार्यक्रमवाट लाभान्वित भएका छन् । स्थानिय सा.व. को समेत कोष परिचालन गरि कार्यक्रम सञ्चालन भएवाट गरिवी निवारणका लागि थप टेवा पुग्ने आशा राखिएको छ ।

About the author

Full Name
Anish Neupane

Position
Communication & Monitoring Officer

Organization
District Forest Coordination Committee (BISEP-ST)

View full user profile