काभ्रे जिल्ला नासिका स्थान गा.वि.स मा रहेको पेरुङ्गे सामुदायिक वन वन ऐन २०४९ र वन निएमावली २०५१ अनुसार २०५२ सालमा नै उपभोक्तासमूह लाई हस्तान्तरण भएको पाइन्छ । २०५२ सालमा वन दर्ता भई हस्तान्तरण गरिएको भनि जिल्ला वन काभ्रेले दर्ता प्रमाण पत्र समेत प्रदान गरेको छ । उक्त सामुदायिक वनको सिमाना र केही भाग जिल्लागत हिसावले भक्तपुर जिल्लामा परेको देखिन्छ । यस समूहमा साँगा नासिकास्थान गा.वि.स लगायत भक्तपुरको नङखेल गा.वि.सका उपभोक्ताहरु पनि समावेश भएका छन्. । त्यसैगरी वन एन २०४९ र वन निएमावली २०५१ अनुसार नै २०५६ सालमा आएर जिल्ला वन कार्यालय भक्तपुरमार्फत श्री सुर्यमोड पेरुङ्गे सा.व उपभोक्ता समूहको नाममा भक्तपुर जिल्लाका उपभोक्ताहरुलाई सामुदायिक वन हस्तान्तरण भएको देखिन्छ । यो सामुदायिक वन भित्र पेरुङ्गे सा.व उपभोक्ता समूहले भोगचलन गदै आएको पश्चिम सिमानाको वन क्षेत्र दुवै सामुदायिक वन उपभोक्ता समूहको नाममा छ । सरसर्ती हेर्दा सुर्यमोड पेरुङ्गे सा. व. उ. स.ले पेरुङ्गे सा.व उ.स.को वन क्षेत्रमा सिमाना अतिक्रमण गरेको देखिन्छ । तर यथार्थमा सामुदायिक वन उपभोक्ता समूहले नभईकन भक्तपुर र काभ्रे दुवै जिल्लाका जिल्ला वन कार्यालयले एक अर्को जिल्लाको सिमानामा सा.व हस्तान्तरण गर्दा पुरयाउनु पर्ने आवाश्यक प्रक्रिया नपुर्याको, वन सिमाना शर्भेक्षण गर्दा त्रुटी भएको साथै दुई जिल्ला वन कार्यालय विच आवश्यक सुचना आदानप्रदान नभएका कारण यि दुई सा.व. उ.स. मा सिमाना विवाद देखिएको भन्ने भनाई छ । जव सुर्यमोड पेरुङ्गे सा.व हस्तान्तरण भएर आयो त्यस समय देखि नै दुई समूह विच सिमाना विवाद भएका कारण वनको संरक्षण , सम्बर्द्धन र उपभोगमा समस्या उत्पन्न भएको देखिन्छ भने दुवैे सा.वको वन कार्ययोजना नविकरणमा समेत कठिनाई भएको पाईन्छ । दुई समूह विचको सिमा विवादले चर्को रुप लिएपछि जिल्ला वन कार्यालय , सा.व.उ.महासंघ र सम्बन्धित उपभोक्ताहरु वसेर पटक पटक समाधानका लागि पहल गरे पनि १० वर्ष सम्मको मेहनत खेरगएको देखिन्छ । विवाद हुनुको मूख्य कारण त्यहा रहेको प्राकृतिक श्रोतनै मूख्य देखिन्छ । विषेश गरेर त्यहा रहेको पानी को मुल र एउटा चउर नै विवादको मुख्य विषय हो भनिन्छ ।

AttachmentSize
PDF icon Case_study_bhaktapur_kavre.pdf76.09 KB

Category: 

 

Sign up now to join forestryNEPAL - an online community of people interested in Nepalese forestry and related sector. Connect with your peers, share your work, and make your opinion count!

Newsletter

Get forestryNepal news straight to your inbox.

Social