स्वदेशमै आत्मनिर्भर भए के हुदैन र ? यो प्रश्न कुनै नया होइन । यसको उदाहरण बनेको छ, अछाम जिल्ला जनालीबण्डाली गा.बि.स. वडा न.–७ बस्ने ४० वर्षिय रघु भण्डारी । भण्डारी अछाम जिल्लाको सदरमुकाम मंगलसेन देखि करिब ३ कि.मि.टाढा जनालीण्डाली गा.बि.स.मा एउटा सानो घरमा बस्ने एक गरिब किसान हुन । उनका ४ छोरी र १ छोरा छन् । आधा कठ्ठा जग्गा र एक बल्ल वाहेक उसंग केहि पनि थिएन् । वेरोजगारीको समस्याले उ दैनिक ज्यालादारीमा काम गर्दा वर्षको तीन महिना मात्र खान पुगथ्यो । त्यो पनि मुश्किलले । छोराछोरी विरामि भएपछि उपचार गर्न नसक्ने भण्डारीको जीवन एकदमै कष्टकर रुपमा बितिरहेको थियो ।
भण्डारी भन्छन् : गरिवीको कारणले भारतको पुना शहरमा गएर एक होटलमा समेत काम गरे । ८ वर्षको छोरालाई पनि संगै होटलमा काम लगाइदिए । तर नावालक छोरीहरु र परिवारको चिन्ताले म घर फर्केः– भावुक भएर भण्डारी आफ्ना दुःखका क्षणहरु समि्झ कुराहरु थपे ।
जिल्ला वन कार्यालय, अछामबाट वि.स. २०६० सालमा जनालिवण्डाली गा.वि.स.वडा नं.–७ मा खेतखोला कबुलियती वन समुह गठन तथा हस्तान्तरण भयो । र जिल्ला वन कायालयको प्राविधिकबाट कबुलियती वन तथा पशु विकाश कायर्र्क्रम वारे प्रेरणा पाएपछि म उक्त कबुलियती वनको सदस्य बने– छेवैमा बाधेको वाख्रा सुमसुमाउदै उनले भने ।
उनले भन्छन् : मैले जिल्ला पशुसेवा कार्यालय, अछामबाट २ वटा बाख्रा पाए र बाख्रा पालन गरेर २३ वटा बाख्रा बनाए । खुशीले गदगद भएर भण्डारीले बाख्रातिर हेर्दै, मुस्कुराउदै भने मैले २३ वटा बाख्रा मध्ये ८ वटा बाख्रा रु. ५ हजारको दरले रु. ४० हजारमा बिक्रि गरे ।उनले आफ्नो घरै नजिक रहेको खेत आफ्ना दाहिने हातको चोर औलाले देखाउदै भने, त्यो ४० हजारले आफ्नै दाजु नरपति भण्डारीको आधा रोपनि जग्गा किने । र त्यो जग्गामा मकै, धान, कोदो फलाएर वर्षको नौं महिना परिवारको छाक टार्न पुग्छ ।
घरको तल्लो गोठमा रहेको भैंसीतिर हेर्दै आफ्ना दुवैहात कम्मरमा राखेर भण्डारी बताउनुहुन्छ : वाँकि १३ बाख्रा मध्ये १० बाख्रा जनालिवण्डाली गा.वि.स. वडा नं.–२ बस्ने तारा प्रसाद भण्डारी लाई दिएर एउटा भैंसी ल्याए । भैंसीले साँझविहान ४/४ लिटर दुध दिन्छ । विहानको ४ लिटर दुध अछाम जिल्लाको ठुलासैन बजारमा प्रति लिटर रु. ४० को दरले बिक्रि गरि मासिक रु. ४ हजार ८ सय आम्दानि गरिरहेको छु ।
भण्डारी अहिले जनकल्याण बचत तथा ऋण सहकारी संस्था को सदस्य भई मासिक रु २० बचत गरीरहेको छ । “गरे के हुदैन?” भनि रघु भण्डारीले प्रश्न गर्दै आफ्नो छिमेकी लक्षीराम भण्डारी लाई बाख्रा पालन गरी कबुलियति वन समुहको सदस्य बन्न उत्प्रेरणा दिई स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उखानलाई पुष्टि गरेको छ ।
Tags:
Category:
