के तपाई गरिवीको चपेटामा पर्नु भएको छ ? कतै तपाई आफ्नो घरको दैनिक आधारभुत समस्याले त पिरोलिनु भएको छैन् ? हो भने नआतिनुस, अब कबुलियति वन र सहकारीबाट पनि गरिवी समस्या न्यूनिकरण हुन सक्छ, यस्तै भन्नुहुन्छ : जाल्पादेवि गा.वि.स. वडा नं. ९, अछाम बस्ने बर्ष २८ को लालिगुराँस बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हँस बहादुर कुवँर ।
लालिगुराँस बचत तथा ऋण सहकारी संस्था अछाम जिल्लाको जाल्पादेवि र मार्कु गा.वि.स.हरुमा भएको क्रमश : १० र २ गरि जम्मा १२ वटा कबुलियति वन समुहहरुको सहकारी संस्था हो । यस संस्थाको स्थापना वि.स. २०६५ सालमा भएको हो । दर्ता चाहि आ.व. २०६६/०६७ मा डोटी जिल्लाको सिलगढीमा रहेको जिल्ला सहकारी कार्यालयमा भएको हो ।
![]() |
| सेतो प्यान्ट र निलो सर्टमा संकलकले सहकारीकोबारेमा सदस्यहरु संग छलफल भएका कुराहरु टिपोट गर्दै । कालो प्याइन्ट र कालो टोपि लगाएका अध्यक्ष हँस कुवँर सहकारीको बारेमा छलफल गर्ने क्रममा लेखक तिर फर्कि भनाईहरु राख्दै । |
मिजासिला स्वभावका अध्यक्ष कुवँर त्रिपुरासुन्दरी मंदीरको पिपल चौतारीमा बसि बताउनुहुन्छ (माथिको फोटो): यो १२ वटा कबुलियति वन समुहहरुको सहकारी संस्था दर्ता गर्न सबैभन्दा पहिले फ्रिपैड संस्थाबाट प्रेरणा पाए । पछि फ्रिपैड, कबुलियति वन तथा पशु विकास कार्यक्रम, हव अफिस, डडेलधुरा र जिल्ला वन कार्यालय, अछामका प्राविधिक सरहरुले सहयोग गर्नुभयो । वहा अगाडि भन्नुभयो : यस सहकारीमा जम्मा १ सय ४८ जना सदस्य छन् । प्रत्येक महिनाको ५ गते नियमित मासिक बैठक हुन्छ । प्रत्येक सहस्यहरु आफै सहकारीमा आई मासिक २५ रुपैयाँ बचत जम्मा गर्नुहुन्छ । अहिले सम्म यस सहकारीमा जम्मा २ लाख साठी हजार बचत छ । यसको खाता मालिका विकास बैंक, साँफेवगर, अछाममा रहेको छ ।
यस सहकारीमा सबै सदस्यहरुको १०० रुपैयाको सेयर रहेको छ । यस सहकारी संस्थाको सहसचिव विरेन्द्र वोगटि संग नजिकैको मालिका कबुलियति वनमा गई सोध्दा वहाँ अगाडि थप्नुहुन्छ (तलको फोटो ): हाम्रो यो सहकारीमा ऋण समिति छ । जुन तिन सदस्यि छन । ऋण समितिका संयोजक जाल्पादेवि गाविसमा रहेको सुकातोला कबुलियति वन समुहका सदस्य भानुभक्त उपाध्याय हुनुहुन्छ । संस्थाबाट बढीमा १५ हजार रुपैया सम्म बढीमा छव महिनाको लागि १८ प्रतिशत बार्षिक ब्याजदरमा ऋण पनि दिन्छौं ।
![]() |
| लालिगुराँस बचत तथा ऋण सहकारी संस्थाका सहसचिव बोगटि (हाफ प्याइन्ट र हाफ सर्टमा ) लगायत अन्य सदस्यहरु संग छलफल गरि टिपोट गर्दै लेखक ( सेतो प्याइन्ट र निलो सर्टमा ) |
जाल्पादेवि गाविसको मष्टमाण्डौ कबुलियति वन समुहका सदस्य मिठु लुहारको बारेमा सहसचिबले भने लुहार एउटा गरिव दलित हुन । उनलाई साँझ विहान छाक टार्न साह्रै धौ हुन्थ्यो । आम्दानिको को कुनै स्रोत थिएन । लुहार आ.व. ०६७/०६८ मा सहकारीबाट १५ हजार रुपैया लियो । त्यो रुपैयाले उनी नजिकैको मार्कु गाँउबाट ३ वटा बाख्रा किन्यो । ३ वटा बाख्रापालन गरेर उसले ७ वा बाख्रा बनायो । ७ वटा बाख्रा मध्ये तिन वटा बाख्रा प्रति बाख्राको ५ हजारको दरले जम्मा १५ हजारमा बिक्रि गर्यो । त्यहि १५ हजार रुपैया सहकारीलाई ऋण फिर्ता गर्यो । अहिले उसंग ४ वटा बाखा रहेको छ : सहसचिव बोगटि बताउनुभयो ।
बोल्दै गरेको सहसचिव बोगटीलाई अध्यक्ष कुवँरले आफ्नो हातको इशाराले बोल्न रोक्दै अध्यक्ष कुवँर आफ्ना कुराहरु जोड्दै भने : यसै सहकारीबाट जाल्पादेवि गाविस मै रहेको मालिका कबुलियति वन समुहका सदस्य पुर्ण बहादुर बोगटिले पनि १२ हजार ऋण लियो । उस ले त्यो पैसाले एउटा भैसि किन्यो । र भैसिपालन गरेको केहि दिनमै भैसि ब्यायो । ब्याएको भैसिले दैनिक ४ लिटर दुध दिन थाल्यो । अहिले उनि त्यो दुध साँफेवगर बजारमा लगेर बेचेपछि दैनिक प्रति लिटर ५० रुपैयाको दरले जम्मा २०० रुपैया आर्जन गरिरहेको छ । दुध बेचेर जम्मा गरेको पैसाले सहकारीको ऋण फिर्ता गर्छु भनि हिम्मतिलो पुर्ण बहादुरको भनाईलाई उदृत गर्दै अध्यक्ष हँस बहादुर कुवर आफ्नो टाउकोमा लाएको टोपि हातले भिक्दै मुसुक्क हाँस्दै भन्नुभयो ।
![]() |
| मालिका कबुलियति वनमा रोपेका मुलाटो घाँस |
यसरी सहकारीको उदाहरण बनेका मिठु लुहार, पुर्ण बहादुर बोगटिहरुले आफु जस्तै अरु किसानहरुलाई उत्प्रेरणा दिईरहेका छन् । फलस्वरुप अहिले सहकारीमा आवद्ध भएका प्रायजसो किसानहरुको आयस्तर वृद्धि भई उनिहरुको जिविकोपार्जनमा सुधार भएका छन् । र भन्छन् : यो कबुलियति वन समुहहरुको सहकारी त वास्तवमा हामि गरिवहरुको त भकारी जस्तै रहेछ । जति बेला चाहे त्यति बेला पैसा झिक्न मिल्ने, त्यो पनि सरल ब्याजमा ।
युवा अध्यक्ष कुवँर अन्तमा भन्नुहुन्छ : सहकारी व्यवस्थापन सम्बन्धि, अभिलेख तथा लेखा व्यवस्थापन सम्बन्धि तालिम पाए , भ्रमणमा गई अरुको सहकारीबारे जानकारी पाई सिक्ने मौका पाए राम्रो हुन्थ्यो । अरु सहकारी जस्तै यो लालिगुराँसलाई पनि अझै विकास, विस्तार गर्ने सपना थियो मेरो ।
Category:



