Hem Chandra Mahato's picture
Posted by Hem Chandra Mahato

"अहिले त मेरो जिन्दगिमा खुशी लाग्यो", बल बहादृर साउद आफ्नै घरमा रहेको बाख्राको खोर तिर हेर्दै हँसिलो अनुहार बनाई भने । अछाम जिल्ला बाब्ला गाविस वडा नं. ४ बस्ने ४० बर्षिय साउद गरीव किसान हुन् । जग्गाको नाममा ३ रोपनि जग्गा मात्र उनी संग छ । उनलाई घरको दैनिक जोहो टार्न धौं धौ पर्थ्यो । आर्थिक स्थिति कमजोर भएको कारणले उ २ छोरा र ३ छोरीहरुलाई स्कूलमा पढाउन नसक्ने अवस्थामा थिए ।

साउद भन्छन्: "मलाई पहिले देखिनै बाख्रा पाल्ने रहर थियो । तर बाख्रा चराउने उपयुक्त ठाउँ, बाख्राको लागि आवश्यक पोषिलो घाँसको अभावले मेरा इच्छा पुरा हुन सकेको थिएन । तर जिल्ला वन कार्यालय, अछामको प्राविधिकबाट कवुलियती वन तथा पशु विकास कार्यक्रम सम्बन्धि जानकारी पाए पछि बाख्रा पालन गर्न निधो गरे ।"

कवुलियती वन तथा पशु विकास कार्यक्रमवारे जानकारी पाए पछि साउद २०६०/२०६१ सालमा कबुलियति वन दर्ता गराउनका निम्ति आफनै अध्यक्षतामा समुह गठन गए र जिल्ला वन कार्यालय, अछाममा निवेदन दिनुभयो । फलस्वरुप जिल्ला वन कार्यालयले त्रिपुरा सुन्दरी नामको कवुलियती वन हस्तान्तरण गर्यौ । उक्त वनमा कबुलियती वन तथा पशु विकास कार्यक्रमको आर्थिक सहयोग तथा जि.व.का. को प्राविधिक सहयोगमा समुहका सदस्यहरुले घाँस रोपन, वन संरक्षण कार्यहरु संचालन गर्यौ ।

गरीव किसान साउद भन्छन्: "जिल्ला पशु कार्यालयले मलाई २ वटा बाख्रा सहयोग गर्यौ र थप २ वटा बाख्रा आफ्नै पैसाले खरीद गरी बाख्रापालन शुरु गरे । हाल आएर ५०/५५ वटा बाख्रा व्यवसायिक रुपमा पालेर मासिक रु १२–१५ हजार रुपैया आम्दानी गरिरहेको छु ।"

वहाँ लामो साँस फेर्दै आफ्नो प्रगतिको वारेमा थप्दै भने "२ वटा छोराछोरीलाई H.A (Health Assistant) र ३ वटा छोराछोरीहरुलाई स्थानिय विद्यालयमा पढाई घरखर्च समेत त्यही आम्दानी बाट गुजरा गरिरहेको छु ।"

त्रिपुरा सुन्दरी कबुलियती वनले गरेको सफलता देखेर जिल्ला वन कार्यालय, अछामबाट उनी पुरस्कार पाएको तथा विभिन्न तालिम भ्रमणहरुको पनि अवसर पाएको बताउनु हुन्छ ।

आर्थिक स्थिती संग संगै सामाजिक मान मर्यादा प्राप्त गरेका बाब्ला गा.वि.स.को वडा नं.–४ त्रिपुरा सुन्दरी कबुलियती वनका अध्यक्ष बल बहादुर साउदको सफलता देखि त्यस ठाँउमा अरु कबुलियती वनको माग भई हालसम्म ९ वटा कबुलियती वन गठन भएका छन् ।

कबुलियती वनमा सफलता प्राप्त गरेका बल बहादुर साउदले थोरै लगानीबाट धेरै आम्दानी गर्न सकिदो रहेछ । सवैजना संगठित भएर काम गरेमा सफल भईन्छ । विदेशमा गएर गर्ने मेहनेतले नेपालमै बसेर केहि ग–यौ भने सफल भईन्छ । अरुमा भर पर्ने परनिर्भतालाई त्यागेर आत्म निर्भर बन्नु पर्छ भन्ने सन्देश दिनु भएको छ ।

Category: 

 

Sign up now to join forestryNEPAL - an online community of people interested in Nepalese forestry and related sector. Connect with your peers, share your work, and make your opinion count!

Newsletter

Get forestryNepal news straight to your inbox.

Social