Shree Bhagavan Thakur's picture
Posted by Shree Bhagavan ...

रुख कटहर विभिन्न ग्रीष्मकालीन फलहरु मध्ये एक महत्वपूर्ण फल हो । यो नेपाल बाहेक भारत, वर्मा, सिलोन, दक्षिणी चीन,मलाया, श्रीलंका, केनया, युगान्डा, मलेशिया, फिलिपिन्स, थाइलैण्ड, कम्बोडिया, भियतनाम, ब्राजिल, ग्रीष्म अमेरिका, बेस्ट इन्डीज आदि देशहरुमा खेती गर्ने गरिन्छ । रुख कटहर नेपालमा तराईदेखि पहाडसम्म हुने विभिन्न नामले चिनिन्छ, कटहर, रुखकटहर, काँडेफल आदि । संसारका फलहरु मध्ये सबैभन्दा ठुलो फल कटहरको हो । यो फल विशेष गरी तरकारीमा प्रयोग हुने भएकोले धेरै उपयोगी मानिन्छ । यस्को गुदी कोया सुगर र भिटामीनहरु को मूख्य श्रोत हो । यसको बीउमा प्रोटीन, कार्वोहाइड्रेट र खनिज तत्वहरु पाइन्छ । यस्को फलमा भिटामीन ए र सी को साथै अनैकौ खनिज तत्वहरु पाइन्छ । यसको आर्थिक, सांस्कृतिक तथा धार्मिक महत्व रहेकोले पनि उपयोगिता बढेको छ । यी सबै विशेषताहरुले हाल देखा पर्ने खाद्यान्न संकटलाई तथा कुपोषण समस्यालाई समाधान गर्न अति उपयोगी सिद्ध हुने छ ।

बानस्पतिक पहिचानः

यसको रुख सुन्दर तथा सिधा करीब ३० देखि ७० फीटसम्म अग्लो सदाबहार रुख हो । यसको पात टल्किने, बाक्लो, ९ इन्च सम्म लामो हुने, तथा सम्पूर्ण भागमा लेसिलो सेतो तरल पदार्थ पाइन्छ । दह्रो फूलको मुना रुखको काण्ड र साखाबाट नििस्कने, कहिले काही पुरानो रुखको माटोभित्र रहेको जराबाट निस्किने गर्दछ । भाले र पोथी फूल छुट्टाछुट्टै निस्किने, भाले फूल सानो लाम्चो गोलो ५¬–¬१० से.मी. तर पोथी फूल गोलो हुन्छ। यसको फल सबै फल भन्दा लामो २०–९० से.मी. लामो तथा १५–५० से.मी. चौडाइ भएको हुन्छ ।ं यसको वजन १०–६० पौन्डस अधिकत्तम ११० पोन्डस (४.५ देिख ५० किलो सम्म हुन्छ यसको बाहिरी भाग नोकिलो काँडेदार बाक्लो तथा कडा रबर जस्तो हल्का पहेलो तथा सेतो–सेतो बोक्रा हुन्छ । भित्री भाग पहेलो केरा को सुगन्ध जस्तो गुदी पात्लो रीवन जस्तो भागको बीचमा बोक्राको छेउछाउ तिर खाने फल कोसा कोया पाइन्छ र त्यसको बीचमा चिप्लो अण्डाकार हल्का खैरो रंगको, २–४ से.मी. लामो र १.२५ –२ से. मी. चौडा बीउ हुन्छ । एउटा फलमा १०० देखि ५०० बीउहरु हुन्छ । फलको केन्द्रमा अलि लामो भाग हुन्छ । यो पूर्ण रुपले पाके पछि फल नकाटदै नसहने सडेको प्याज जस्तो गन्ध हुन्छ तर फललाई चिरे पछि कोसाको गन्ध भूंईकटहर तथा केराको गन्ध जस्तो हुन्छ । यस्को बीउ निकालेको ३–४ दिन भन्दा बढी उमार शक्ति हुदैन । बेर्ना रोपेको १८ महिना देखि २.५ वर्षमा फल लाग्न शुरु हुन्छ ।

उत्पतिः

यस्को उत्पति भारतको बेष्टर्न घाटको वर्षे वनमा भएको मानिन्छ । त्यसपछि भारतको अरु भागमा, दक्षिणि एसिया,, इष्ट इन्डीसीज, फिलिपिन्स, मध्य र पूर्वि अफ्रिकामा फैलिदै ब्राजिल र सुरिनाममा प्रसिद्ध भएको हो ।

उपयोगः

यो फल सर्व साधारणले कलिलो र सानो अवस्थामा तरकारी, पकौडा, बाडा, पापड तथा विभिन्न समुदायले विभिन्न परिकारहरु विभिन्न अवसरमा बनाइने गरिन्छ । यो पाके पछि गर्मी तथा बर्षा मौशममा बिहान बेलुका खाना पछि खान प्रयोग गरिन्छ । रुखकटहरको पात हिन्दु धर्मावलम्बीहरुले श्राद्धमा पिण्ड दान गर्न तथा कुनै कुनै समुदायमा नुवारनमा अनिवार्य रुपमा प्रयोग गरिन्छ । तराइमा विहेपछि श्रावणमा श्रावणी तथा कटहरीको रुपमा कोशेली दुल्हा पक्षबाट दुल्हीकहाँ लग्ने परमपरा छ । यसको रुख सडक छेउ छेउमा, स्कुल, पार्क जस्ता सार्वजनिक ठाँउमा सौन्दर्यताको लागि प्रयोग गरिन्छ । यो फलको बोटबाट प्रशस्त पात पतिंगर, बाख्राको लागि घाँस, दाउरा तथा छिपिएपछि काठको मुढाबाट अनेकौ फर्निचर एवं घर बनाउन प्रयोग गरिन्छ । यो गरीबको लागि बिभिन्न प्रयोजनमा अति उपयोगी देखिन्छ । यसको पात तथा मुन्टामा औषधीय गुण भएकोलेऔषधीको रुपमा प्रयोग गरिन्छ ।

आर्थिक महत्व:

रुखकटहर एउटा कृषकको लागि आम्दानीको श्रोत भएको मानिन्छ । यसको फल फाल्गुन देखि जेष्ठसम्म तरकारीको रुपमा रु. २०–३० प्रति किलोको दरले विक्री हुन्छ जुन बेला विहेबारी हुने तरकारीको प्रशस्त माँग हुने गर्दछ । यसबाट विभिन्न पररिकारहरु बनाृउन होटेल, रेसटुरेन्टमा प्रयोग गरिने भएकोले ठुला शहरहरुमा महँगो भाउमा विक्री गरिन्छ । श्रावण भाद्र तिर यसको फल पाकेपछि खाना पछि उपभोगमा बढी मूल्यमा रु.३०–४० प्रति किलोको दरले विक्री गाउँघर तथा शहरमा हुने गर्दछ ।

माटो र हावापानीः

यो आद्र ग्रीष्म रुख भएकोले १५०० मिटर उचाईसम्म राम्रोसँग फस्ट्याउने भएकोले पाइन्छ । यसको लागि आर्द्रता भएको गर्मी तथा गर्मि मौशम उपयूक्त मानिन्छ । यस्को लागी मध्ययम किसिमको हिउँद रगर्मी चाहिन्छ । यो तुषारो तथा सुख्खा नसहने रुख हो । ठुलो रुख २७ डिग्री फरेन्हाइट सम्म सहन सक्मे तर नयाँ बोट ३२ डिग्री फरेन्हाइट सम्ममा मरेको पाइएको छ । माटो को पी.एच. मान ६–८ उपयूक्त हुन्छ । यस्को उत्पादनको लागि माटोको गहिराइ भएको दोमट किसिमको पानी नजम्ने तर निकास भएको आवश्यक हुन्छ ।

जातः

खाजा, सफेदा भारतको उतरप्रदेश राज्यको इलाहाबाद तिर हुने, रुद्राक्षी दक्षिणी भारत तिर हुने ।

प्रसारणः

यो सुाधारण्तया बीउबाट विस्तार गरिन्छ । तर गुटीद्धारा सफल्ताका साथ कलमी व्यवसायिक रुपमा प्रसारण गरिन्छ । कटहर नजिक कलमीविधिबाट कतै कतै गरिन्छ ।

रोप्ने तरीकाः

बैशाख जेष्ठमा १, १मीटर लम्बाइ, चौडाइ र गहिराइको खाडल १०, १० मटिरको दूरीमा खन्नु पर्दछ । उक्त खाडलमा १५–२० किलो गोठेमल, १ किलो कृषि चुन, २, ३ किलो पिना राम्ररी मिसाएर राखिन्छ । लगभग १ वर्ष उमेरको कलमी बेर्नाको केही पात हटाई अषाढ देखि कार्तिक सम्म खनिएको खाडलमा सिधा रोपिन्छ । एउटा लठी विरुवा नजीकै गाडेर बोटलाइ अडयाउनु पर्दछ । रोपेको विरुवालाई गाईवस्तुबाट जोगाउन बार वा सुरक्षात्मक उपाय गर्नु पर्दछ ।

फूल फूल्ने र फल्नेः

बिजु (बीउबाट उम्रेको बेर्ना) विरुवपा ८¬–१० बर्षमा फल्न शुरु गर्दछ भने तर कलमी विरुवा ६ वर्ष देखि फल्न हुरु गर्दछ । भालेर पोथी फूलहरु एउटैबोटमा अलग अलग (छुटा छुटै) हुने गर्दछ । शुरुमा भाले फूल गुच्छामा आउँछ अनि पछि पोथी फूल देखिन्छ । भाले फूल सानाे फल लागे पछि झरिहाल्छ । तर पोथी फूल रहिरहन्छ र ठुलो फलमा विकसित भएर आउँछ । चैत्र देखि जेष्ठसम्म फल टिप्ने गरिन्छ ।

उत्पादनः एउटा राम्रो विकसित भएका रुख जात अनुसार विभिन्न आकारका १००–१३० वटासम्म फल दिने गर्दछ ।

श्रीभगवान ठाकुर, कृषि विशेषज्ञ, एल आर पी, यू एन डी पी, जलेश्वर, महोतरी

इमेलः [email protected]

AttachmentSize
Jack fruit.pdf144.69 KB

Tags: 

Category: 

 

Sign up now to join forestryNEPAL - an online community of people interested in Nepalese forestry and related sector. Connect with your peers, share your work, and make your opinion count!

Newsletter

Get forestryNepal news straight to your inbox.

Social