गरीब विपन्नहरुका जीविकोपार्जनमा सुधार ल्याउन यु एन डी पी को शान्तिका लागि जीविकोपार्जन परियोजनाले जोखीममा परेका तथा विपन्न परिवारका आय आर्जन मार्फत रौतहट सर्लाही र महोतरीमा प्रयास भएका छ । विभिन्न किसिमका आय आर्जन कार्यहरु मध्ये तरकारी खेतीबाट पनि मनग्य आम्दानी महिलाहरु गरेका छन ।
महोतरीकी बर्ष ३८ की धनमन्ती देवी दास तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छिन । उनी २०६८ वैसाख देखि मिथिला शान्ति जीविकोपार्जन समूह डाम्ही मडै बडा नं. ३ मा आवद्ध भै परियोजनाबाट आय आर्जनको लागि रु ९००० बाट २ कठाबाट शुरुआत गरेकी थिइन । हाल उनी विभिन्न किसिमका मौशमी बेमौशमी तरकारी उत्पादन गरी नजिकको बजारमा आफै विक्री गरी रु. ४२००० कमाएर आफनो खेतमा सिंचाइको लागि बोरिंग, पम्पसेट जुटाउन सफल भइन् । उनको खेतमा अहिले ११ कठामा विभिन्न गर्मी मौशम तथा बर्षे तरकारीहरु लगाएकि छिन ।
उनको घरमा श्रीमान, ३ छोरा, १बुहारी र १ नातिनी गरी ७ जनाको परिवार छन् । दुइ वर्ष अगाडी जीवन धान्न धौ धौ पर्ने परिवारको अवस्था हाल संयूक्त राष्ट संघीय विकास कार्यक्रमको सहयोगमा संचालित शान्तिका लागि जीविकोपार्जन परियोजना अन्तर्गत रतौली यूवा क्लवको सहजीकरणमा गठित समूहमा आबद्ध भए पश्चात उनी सामाजिक तथा आर्थिक हिसावले परिवर्तन आउनमा सहयोग पुर्याएको छ ।
त्यस्तै महोतरी कै बगडा ७ मधेपुरा टोल वसोबास गर्ने दलित परिवारकि वर्ष ४१ उमेर कि श्रीवती दासले यस परियोजनको सहयोगमा साढे तीन कठाबाट शुरुआत गरी आफनो जीवनयापन सजिलो बनाउन सफल भएकी छिन । उनी मौशम अनुसारको तरकारी जस्तै मूला, फुलगोभी, बन्दा गोभी, खुर्सानी, भण्टा आदि उत्पादन गर्ने प्रविधि, त्यसमा लाग्ने रोगकीरा व्यवस्थापन बारे ज्ञान सिक्नुका साथै तरकारी बेचेर गत मौसममा रु ५० हजार सम्मको आम्दानी गरेकी छिन् । उनको परिवारमा आफु लगायत श्रीमान र २ जना छोरा छोरी गरी ४ जना छन् । तरकारी खेतीको कमाइबाट दिन रातको भोजन, कपडा, औषधोउपचार खर्चको साथै १ छोरालाई १२ कक्षा भइ उच्च शिक्षा हासिल गर्न जनकपुर कोचिंग सेन्टरमा पढाई रहेको छ । उनी तरकारी खेती गर्न परियोजनाबाट रु नौ हजारको अनुदान समुहमा आवद्ध भए पश्चात पाउनुका साथै खेती गर्ने प्रेरणा पाएकी थिइन् ।
महोत्तरी सरपल्लो ९ बस्ने चमार समुदायकी संयोगीया देवी महराले आफु समेत ९ जनाको सदस्यहरुसंग बसोबास गरेकी छिन् । एक बर्ष अगाडी परिवारको कमाइको नाममा उनको श्रीमान एक जना मात्र सीजनल दैनिक ज्यालादारीमा काम गर्ने तथा आफनो विहान बेलुकाको छाक टार्ने गथ्र्यो । कहिले काही काम नपाउदा उनको छाक टार्न पनि धौ धौ हुन्थ्यो । उनी शिव शान्ति समूहमा आवद्ध भइ २०६८ मंसीरमा परियोजनाबाटरु नौ हजारको अनुदान सहयोग मध्ये रु. तीन हजार बरावरको मलखाद र तरकारीको बीउ बीजन खरीद गरी शुरु गरेकी थिइन साथै रोगकीरा व्यवस्थापन गर्न स्प्रेयर टंकी खरीद गरीन । शुरु शुरुमा तरकारी खेती गर्दा डराएकी संयोगीया देवी आय आर्जन सहजकर्ताको सहयोग र प्रोत्साहनले एवं तालीमले उनलाई तरकारी खेतीबाट आम्दानीका साथै स्प्रेयर टंकीको भाडा प्रति दिन रु ५०को दरले कमाउन थालिन् । हाल उनी तरकारी खेतीबाट वार्षिक रु ३० हजारसम्म कमाएर परिवारलाई सुखी बनाउन संयोगीया देवीले ठूलो हात बटाएकी छिन् ।
महालक्ष्मी शान्ति समूह कोल्हुवा बगेया महोत्तरीकी ४० वर्षीय रामकला मण्डलले तरकारी खेतीबाटै ऋण तिर्नुका साथै ९ जनाको परिवारको खान लाउन र २ छोरी ५ छोराको जीवनयापन गर्न सजिलो भएको छ । उनी सन २०१०मा अरु सदस्यहरु जस्तै रु ९ हजारको लघु अनुदान प्राप्त गरी २ कठामा बटैयामा तरकारी खेती गर्दै हाल ४ कठामा परिवारको सहयोगमा खेती गरिरहेकी छिन् । शुरुमा तरकारी खेती गर्दा उनी दोधारमा थिइन तर परिवारको सदस्यहरुको सहयोग र परियोजनाको प्राविधिक सहयोगको कारण सफल बनेकी रामकलाले आफनै भाषामा भन्छिन ूई परियोजना हमरा और हमरा पतिके रोजगार देलकई अइसे परियोजनाके धन्यवाद देइछीू
यसरी परियोजनाका ३ जिल्लाका पहिलो कल्सटरका ७१८ विपन्न परिवारका पिछडिएका महिलाहरुले तरकारी खेतीमा संलग्न भई आफना जिविका चलाइ रहेका छन ,।
| Attachment | Size |
|---|---|
| 347.42 KB |
Category:
