पृष्ठभूमि : श्री बगलामुखी रोजिन एण्ड टर्पेन्टाइन ई.प्रा.लि. वनमा आधारित उद्योग हो । उसको कारखाना गनापुर २ बाँकेमा रहेको छ । यस उद्योग र श्री वन विभाग वीच मिति २०५८।११।१ मा भएको १० बर्षे करारनामा अनुसार जाजरकोट र रुकुम जिल्लाहरुमा रहेका खोटे सल्ल्ला वनक्षेत्रहरुबाट ३००० मे.ट. सम्म खोटो संकलन गर्ने क्षमता रहेको छ । जसमध्ये रुकुम जिल्लाको २० वटा गाविसहरुबाट ८०० मे.ट. खोटो संकलन गर्नै क्षमता रहेको छ । वातावरण संरक्षण ऐन २०५४ र वातावरण संरक्षण नियमावलि २०५५ अनुसार २०६१ साल पौष महिनामा यस उद्योगको स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उद्योगले जनाएको प्रतिवद्धता अनुसार उद्योगको खोटो संकलन कार्य क्षेत्र जिल्लाहरुमा १० हे. क्षेत्रफलमा वृक्षारोपण गर्नुपर्ने भनि उल्लेख भए अनुसार यस रुकुम जिल्लाको मुरु गाविस वडा नं. ४ मा रहेको सल्लिडाँडा सामुदायिक वन र मुरु गाविस वडा नं. ५ मा रहेको राजकोट सामुदायिक वनमा रहेका खाली क्षेत्रहरुमा मिति २०६७ । ०३ । ३१ गते क्रमश १.५ हे. र १ हे. गरी जम्मा २.५ हेक्टर क्षेत्रफमा वृक्षारोपण कार्यक्रम सम्पन्न भयो । उक्त वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि निमित जिल्ला वन अधिकृत श्री मोद नारायण झाबाट वृक्षारोपण कार्यक्रम स्थलमा राखिएको बोर्डको अनावरण तथा सल्लाको विरुवा रोपण गरि उद्घाटन गरिएको थियो । उक्त वृक्षारोपण समारोहमा अतिथिहरु रुघाँ रेन्जपोष्टका रेन्जर श्री भरत प्रसाद क्षेष्ठ , आठविसकोटका रेन्जर श्री विनोद प्र. कानु, वन रक्षकहरु श्री गोरख खडका आदी, सल्लिडाँडा सा.व.उ.स. का अध्यक्ष श्री पूर्ण बहादूर ओली लगायत अन्य पदाधिकारी, उपभोक्ताहरु, राजकोट सा.व.उ.स. का अध्यक्ष श्री कुबेर खड्का लगायत अन्य उपभोक्ताहरु, श्री बगलामुखी रोजिन एण्ड टर्पेन्टाइन प्रा.लि. का वन अनुगमन अधिकृत श्री हेम चन्द्र महतो, फरेष्ट मेनेजर श्री टेक बहादुर डागि, विष्णु प्रसाद शर्मा, खोटो संकलनमा कार्यरत कामदारहरु लगायत सर्वसाधारण जनताहरुको गरिमामय उपस्तिथि रहेको थियो । उक्त कार्यक्रमको म्यानुट, उपस्तिथि, फोटो आदीको आधारमा यो प्रतिवेदन तयार पारिएको छ ।
वृक्षारोपणको औचित्य : श्री उद्योग र श्री वन विभाग वीच मिति २०५८ ।११ । १ मा भएको खोटो संकलन सम्बन्धि करारनामा र २०६१ ।०९ ।२३ मा स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा प्रतिवद्धता जनाएअनुसार र सकारात्मक प्रभाव अधिकत्म गर्ने , नकारात्मक प्रभाव न्यूनीकरण गर्ने उपायहरु मध्ये वृक्षारोपण गर्नुपर्ने उल्लेख रहको, मुरु गाविसको उक्त वनमा खालि क्षेत्र उपलब्ध रहेको तथा सा.व.उ.स. को वृक्षारोपण गरि दिन हुन भनि गरेको अनुरोध पत्रको आधारमा जिल्ला वन कार्यालय रुकुमले पनि उक्त सा.व.उ.स. क्षेत्र छनोट गरि उद्योगलाई दिएको पत्र अनुसार यस रुकुम जिल्लामा वृक्षारोपण गरिएको हो ।
वृक्षारोपण कार्यस्थल छनौट तरीका : वृक्षारोपण स्थल छनौट गर्न सर्वप्रथम उद्योगबाट जिल्ला वन कार्यालय रुकुममा वृक्षारोपण कार्यको लागि क्षेत्र छनौट गरि पाउँ भनि पत्राचार गरिएको थियो । जिल्ला वन कार्यालयबाट सम्वन्धित रेन्जपोष्ट र सा.व.उ.स. हरुसंग वृक्षारोपण क्षेत्र छनौट गर्न पत्राचार गरिएको थियो । उद्योगबाट पनि उद्योगको वन प्राविधिक, रुघाँ रेन्जपोष्टका रेन्जर, सावउस पदाधिकारीहरुको सयुक्त टोलीबाट त्यस क्षेत्रको प्रारम्भिक अवलोकन भ्रमण तथा निरिक्षण गरिएको थियो । यसरी उक्त टोलीको निरिक्षण भ्रमण र सा.व.उ.स. को जानकारी पत्रको आधारमा मुरु गाविसको वडा नं. ४ र ५ को सल्लीडाँडा र राजकोट सावउसहरुमा वृक्षारोपण गर्नका लागि खालि क्षेत्र उपलब्ध देखिएकोले सो वनक्षेत्रहरु छनौट गरिएको थियो ।
![]() |
![]() |
वृक्षारोपण कार्यक्रम विवरण :
|
विवरण |
सल्लिडाँडा सामुदायिक वन |
राजकोट सामुदायिक वन |
|
वृक्षारोपण गरिएको क्षेत्रफल |
१.५ हेक्टर |
१ हेक्टर |
|
वृक्षारोपण गरिएको मिति |
२०६७ । ०३ । ३१ |
२०६७ । ०३ । ३१ |
|
वृक्षारोपण गरिएको विरुवा जात |
खोटे सल्ला –२००० पैयूँ :– ५०० |
खोटे सल्ला –७०० चिउरी :– १००० बकाइनो : ३०० |
|
विरुवा रोपेको खाड्लको साइज |
वृताकार |
वृताकार |
|
विरुवा रोपेको खाड्लको नाप |
३० से.मि व्यास, ३० स.मि. उचाई |
३० से.मि व्यास, ३० स.मि. उचाइ |
|
विरुवा देखि विरुवाको दुरी |
२.५ मि. |
२.५ मि. |
|
विरुवाको एक लाइन देखी अर्को लाईन सम्मको दूरी |
२.५ मि. |
२.५ मि. |
|
वन खण्ड नं. |
३ |
२ |
|
स्थान |
|
मंदिर वरिपरि |
Tags:
Category:


