खोटो स्रावमा (बहावमा) असर पार्ने कारणहरु

By Hem Chandra Mahato - 9/1/2026

वन क्षेत्रको गुरुयोजना, २०४५ ले औंल्याएका सात थरिका गैर काष्ठ वन पैदावार मध्ये खोटो पनि एक हो । नेपालमा करीब २५ प्रजातिको सल्ला पाइए पनि खोटे सल्ला (chir pine) र गोब्रे सल्ला (blue pine) चाहि indigenous species हुन् । (Jackson, J.K., 1987) गोब्रे सल्ला (Pinus walllichiana) भन्दा खोटे सल्ला (Pinus roxburghii) बाट बढि प्रतिशतमा खोटो निस्कने हुनाले साधारणतया नेपालमा खोटे सल्लाबाट खोटो संकलन भईरहेको छ (cited in T.N. Research Foundation Report, 1998) । 

खोटो (pine resin) नेपाली नाम हो । यसलाई अंगे्रजीमा Resin, हिन्दीमा लिसा, व्यापारिक भाषामा oleo pine resin भनिन्छ । तर सल्लाको खोटो भन्नाले वन नियमावली २०५१को  अनुसुची ३ मा उल्लेख भएको खोटोलाई बुझ्न सकिन्छ । अर्को अर्थमा खोटो भन्नाले खोटे सल्ला, पाटे सल्ला (Pinus patula) र गोब्रे सल्लाहरुबाट निस्केको खोटो सम्झ्नुपर्छ (खोटो संकलन (कार्य विधि) निर्देशिका २०६४) । 

खोटो एक सुगन्धित पदार्थ (aromatic compound) हो जसको र· हल्का हरियो, र·हीन, हल्का पहलो, हल्का गुलाबी हुन्छन् । ताजा खोटो तरल पदार्थ हो जुन गम जस्तै टासिन्छ र पानीमा घोलिदैन । तर यो कार्बोनिक तरल (मट्टितेल, डिजेल आदी) मा घोलिन्छ । नेपालको पूर्वदेखि पश्चिमसम्म करीब ३५ वटा मध्य पहाडी जिल्लाहरुमा खोटे सल्लाको बाहुल्यता रहेको छ ती मध्ये पूर्वमा मिश्रित खोटे सल्ला वन छ भने पश्चिममा प्रायः शुद्ध सल्लाको वन पाईन्छ । खोटे सल्लाको वन प्राकृतिक रुपले प्रायः समुद्र सतहदेखि ९०० मि. देखि १९५० मि. उचाई सम्म पाईन्छ । तर कहिंकहिं चाहिं समुद्र सतहदेखि ४५० मि. उचाईसम्म र कहिं २७०० मि. उचाईसम्म पनि पाईन्छ (Jackson, J.K., 1994)  । 

अर्घाखाचीको जिल्लाको सिम्तारा गा.वि.स.मा ४५० मिटर देखि ५०० मिटरको उंचाईमा पनि खोटेसल्ला वन पाईन्छ जसवाट अहिलेसम्म नेपाल मै सबभन्दा बढि (८ के.जी. प्रति रुख प्रति सिजन) खोटो निस्केको पाइएको छ । तर साधारणतयाः औसतमा प्रति सिजन प्रति रुखबाट खोटोको बहाव (स्राव) ३-५ के.जी. हुन्छ (HMGN, 1988a) ।

यसरी खोटोको बहावलाई असर पार्ने कारक तत्वहरुबाट जाजरकोट तथा रुकुम जिल्लाहरुमा भईरहेको खोटो संकलन कार्यको प्रत्यक्ष निरीक्षण, अध्ययन अनुसन्धान, छलफलबाट हासिल गरिएको अनुभवको आधारमा यो लेख तयार पारी खोटो सम्बन्धी जानकारीमा तपाइहरु सामु एक थोपा ज्ञान भएपनि थप्नको निम्ति पस्कने प्रयास गरेको छु ।

खोटोको बहाव असर पार्ने कारणहरुः

खोटोको बहाव (स्राव) लाई प्रभाव पार्ने विभिन्न कारक तत्वहरु मध्ये हावापानी, माटो, भुगर्भ, जैविक, प्रविधी, भौतिक, रासायनिक, भौगोलिक आदि प्रमुख हुन् । यी कारक तत्वहरुलाई क्रमशः देहाय अनुसार प्रस्तुत गरिएको छ ।

१) जैविक कारण: (Biotic Factors)

क) Based on Composition:  नेपालको पूर्वी भेगमा प्रायः Mixed pine forest पाइन्छ तर पश्चिमी क्षेत्रमा Pure pine forest पाइन्छ । अध्ययन अनुसार के देखिएको भने Pure pine forest (शुद्ध सल्लाको वन) भन्दा mixed (मिश्रित) pine forest  बाट बढी खोटो बहाव हुन्छ ।  यसरी नेपालमा पूर्वी भेगको सल्ला वनबाट बढी खोटो निस्कन्छ भन्ने तर्कमा विमति नहोला । ७५५ भन्दा बढी खोटे सल्लाले ओगटेको वनलाई pure chir pine forest भनिन्छ ।

ख) Based on Regeneration:  Even-aged or regular pine forest / uneven-aged or irregular pine forest गरी दुई किसिमको सल्ला वन हुन सक्छ । प्रायः वृक्षारोपन गरी हुर्काइएको सल्लाको वन अथवा कृत्रिम सल्लाको वन even-aged को रुपमा मानिन्छ तर प्राकृतिक पुनरुत्थानबाट पनि evenaged forest  को निर्माण हुन सक्छ । artificial pine forest को तुलनामा naturally regenerated pine forest बाट बटी खोटो बहाव हुने देखिन्छ ।

ग)  Based on Age: धेरै कम र धेरै बढी उमेर (बुढो रुख) भएको सल्लाको बोटबाट खोटोको बहाव कम हुन्छ अर्थात ९५ से.मी. व्यास (छातिको उचाईमा) देखि १३० –१४० से.मी. व्यास (छातिको उचाइमा) भएका रुखबाट बढी खोटोको बहाव हुने गर्दछ ।

घ) Branching Pattern:  हागाहरु बढी भएको रुखबाट खोटो वहाव बढी हुन्छ र कम हागा भएको अथवा हागा हुदै नभएको रुखबाट खोटोको बहाव कम हुन्छ । साथै सल्ला रुखको हागाहरु जुन side मा बढी निस्किएको हुन्छ त्यस side मा बनाइएको blaze (घाउ) बाट खोटोको बहाव बढी हुन्छ ।

ङ) Based on Crown Closure: ४०%–६९% crown closure भएको वन क्षेत्र मध्यम घनत्व भएको वन मानिन्छ । त्यसै गरी ७०% भन्दा बढी अचयधल अयिकगचभ भएको वनलाई उत्तम घनत्व भएको वन मानिन्छ । मध्यम घनत्व भएको सल्लाको वन सूर्यको प्रकाशको निम्ति खुल्ला छत्र हुने भएकोले तापक्रम बृद्धि हुने कारणले उत्तम घनत्व भन्दा खोटो बहाव बढी हुन्छ ।

च) Based on Nature of Steam:- बाटि (twist) भएको सल्लाको रुखबाट खोटो स्राव बढी हुने गर्दछ ।

२) Climatic Factors

क)  Heat /Temperature :- जाडो समयको तुलनामा गर्मि समयमा खोटोको बहाव बढी हुने गर्दछ । खोटोको सिजन ८ महिना सम्म भए पनि चैत्र, बैशाख र जेष्ठ महिनामा वायुमण्डलको तापक्रम बढी हुने भएकोले अरु महिनाको तुलनामा खोटोको बहाव बढी हुन्छ ।

ख)  बर्षा (Rainfall):- धेरै पानी पर्ने ठाउमा रहेका सल्ला वनबाट खोटोको बहाव कम हुन्छ । अर्थात धेरै पानी पर्ने सिजन आषाढ, श्रावण महिनामा सापेक्षित आर्द्रता बढ्ने, तापक्रम घटनाको कारणले खोटोको बहाव कम हुन्छ । यति मात्रै होइन वर्षाको पानीले खोटो संकलनको निम्ति प्रयोग हुने अम्ललाई पनि घाउ क्षेत्रबाट बगाई दिने भएकोले अम्लले गर्दा हुने खोटोको बहावलाई कम गर्दछ ।

ग) हावा (Wind):- धेरै हावा चले पछि जल क्षेत्रको तापक्रममा पनि कमी आउने भएकोले खोटोको बहाव कम हुने गर्दछ। windward side भएको डाडो leeward side भन्दा कम तापक्रम हुन्छ ।

घ) प्रकाश (Light):- सूर्यको प्रकाश बढी समयसम्म लाग्ने वन क्षेत्रबाट खोटोको बहाव बढी हुन्छ । अर्थात सूर्यको किरणले गर्दा वायुमण्डलको तापक्रम वृद्धि हुने भई खोटो स्राव बढी हुने गर्दछ । सूर्यको प्रकाश पर्ने घाउ (Blaze) भन्दा सूर्यको प्रकाश नपर्ने वा कम पर्ने घाउवाट खोटो स्राव कम हुन्छ । 

३) Edaphic Factor

खोटो संकलन गरिने वन क्षेत्रमा पाइने माटोको वनावटको हकमा sandy loam, clay loam युक्त भएको माटो भन्दा metamorphic rock, sedimentary rock, sandstone limestone आदी जस्ता क्षेत्रमा रहेको सल्लाबाट खोटो स्राव बढी आउने पाइएको छ ।

४) Chemical Factor

H2SO4(20%), HNO3 (20%) हरुलाई 1:1 को अनुपातमा मिलाई बनाइएको सम्मिश्रण अम्लको प्रयोग खोटो संकलन कार्यमा गर्ने गरिन्छ । अम्लले stimulant, regulator, refresher  को काम गर्दछ  जसको फलस्वरुप खोटो स्राव बढी हुने गर्दछ । अर्थात अम्लको प्रयोग नभएको घाउको तुलनामा अम्लको प्रयोग गरिएको घाउबाट खोटो स्राव वढि हुन्छ ।

५) Technological Factor

क) सल्लाको रुखको काण्डमा Longitudinal (ठाडो दिशा) र lateral (तेर्सो दिशा) ducts गरी दुई प्रकारको resin ducts हुन्छन् । Lateral resin ducts को तुलनामा longitudinal resin duct बाट खोटो स्राव बढी हुन्छ ।

ख) French cup and Lip method को तुलनामा rill method बाट प्रति सिजन प्रति रुखबाट ५०५ बढी खोटो उत्पादन हुन्छ । (रिल प्रविधिबाट खोटो निकाल्ने दिग्दर्शन २०६१), Kausal and Sharma(1998) को अनुसार रिल प्रविधिको तुलनामा फ्रेन्च कप र लिप प्रबिधिद्वारा खोटो संकलन गर्दा करिब २२५ खोटो कम उत्पादन हुने गर्दछ ।

६) Topographical Factor

क)  मोहडा (Aspect):- पूर्वी र दक्षिण मोहडातिर फर्केका वन क्षेत्रमा रहेका सल्लाका बुटाहरु बाट खोटो स्राव बढी हुन्छ तर पश्चिमि र उत्तरी मोहडा तिर फर्केका जलक्षेत्रबाट खोटो स्राव कम हुन्छ । किनभने पूर्वी र दिक्षिणी मोहडाको तुलनामा पश्चिमी र उत्तरी मोहडामा सूर्यको प्रकाश कम समयसम्म रहने हुदा त्यस भेगमा चिसो, ओसिलोपन हुने गर्दछ ।

ख)  उचाई (Altitude):- Altitude को कारणले गर्दा पनि ठाउको तापक्रम असर पार्दछ । समुद्रको सदहदेखि १५०० मि. सम्मको उचाई रहेको पहाडि क्षेत्रमा प्रति २७० मि. altitude मा बृद्धि हु“दा 10c औषत तापक्रम कमि हुदै जान्छ । (Khanna, L.S., 1977) यसरी माथिल्लो भेगको तापक्रम घट्दै जानाले चिसोपन बढ्दै जानु हो । अर्थात तल्लो भेग भन्दा माथिल्लो भेगमा रहेका सल्लाका वनबाट खाटो स्राव कम हुने देखिन्छ ।

ग)  Hill Slope:- सूर्यको किरणहरु Vertically पर्ने डा“डाको slope भन्दा सूर्यको किरणहरु Obliquely पर्ने डाडो चिसो हुने भएकोले यस क्षेत्रबाट सल्ला खोटो स्राव कम हुने देखिन्छ ।

घ)  Lattitude: सूर्यका किरणहरु प्ृथ्विको Equator मा Vertically पर्ने भएकोले Equator मा पर्ने जल क्षेत्रका सल्ला वनबाट खोटो स्राव बढी हुने गर्दछ । Equator बाट जल क्षेत्र जति जति उत्तर वा दक्षिण तिर गएको हुन्छ सूर्यको किरण उति उति oblique हुने भएकोले तापक्रम क्रमशः घट्दै जाने भएको अनुपातीक रुपले खोटो स्राव पनि घट्ने हुन्छ । यसरी जति जति Lattitude बढ्दै जान्छ, तापक्रम घट्दै जान्छ र खोटो स्राव कम हुदै जान्छ ।

सन्दर्भ सामग्रीहरु

  • श्री ५ को सरकार, २०५१:  वन नियमावलि २०५१, वन तथा भू संरक्षण मन्त्रालय, काठमाण्डौं ।
  • श्री ५ को सरकार, २०५१:  रिल प्रविधिवाट खोटो निकाल्ने दिग्दर्शन २०६१, वन तथा भू संरक्षण मन्त्रालय, काठमाण्डौ ।
  • नेपाल सरकार, २०६४: खोटो संकलन (कार्यविधि) निर्देशिका २०६४, वन तथा भू संरक्षण मन्त्रालय, काठमाण्डौ ।
  • महतो हेमचन्द्र, २०६४:  रिल प्रविधिवाट खोटो संकलन, हाम्रो कल्पवृक्ष,  अंक १९३, २०६४ असार, १०–१३
  • T.N Research Foundation, 1998: EIA of resin Tapping in Rolpa, Surkhet Surkhet and Salyan District of Western Nepal.
  • B.R.T.I, 2060:  EIA Report, on Resin Taping at Jajarkot and Rukum, 2060 .
  • Khanna, L.S. , 1997: Silviculture - I, Dehardun.
  • Jackson, J.K, 1994:  Manual of Afforestation in Nepal, Vol 2, Forest Research and Survey Centre, Kath.
  • HMGN (1988a), Master Plan for the forestry sector, Forest Based Industries Development Plan, part II medicinal and Aromatic Plants and minor Forest product Development, HMGN Ministry of Forest and soil Conservation, Kath. 

About the author

Hem Chandra Mahato's picture

Full Name
Hem Chandra Mahato

Position
Programe Coordinator

Organization
JIWAN/CARE Nepal, FECOFUN

View full user profile