कपिलवस्तु जिल्लामा छाडा पशुपालनको समस्या र त्यसका समाधानका उपाय

By SHREE BHAGAVAN ... - 5/13/2011

नेपालको अधिकांस पश्चिमी जिल्लाहरुमा वर्षे मौशम भन्दा पछि कुनै पनि खेती नभएर त्यस क्षेत्रका उत्पादक्तव धेरे नै कमीरहेको छ। इसको मुख्य कारणहरु मध्ये छाडा पशुपालन प्रमूख पर्न जान्छ । पश्चिमका जिल्लाहरु मध्ये एउटा कपिलवस्तु जिल्लालाई आधार मानी चित्रण गरिएको छ । कपिलवस्तु जिल्लाको कुल क्षेत्रफल (१७३००० हे.) को ४८% जग्गामा मात्र खेती गरिन्छ । बाँकी जग्गा मध्ये ७३००० हे. (४०%) क्षेत्रफलमा वन जंगल रहेको छ भने गाईवस्तुको चरणको लागि ४४०० हे. (२.४%) जग्गामा चरण क्षेत्र रहेको छ । (श्रोत: जिल्लाको संक्षिप्त जानकारी कपिलवस्तु , २०६२)

यस जिल्लामा गाईवस्तुको संख्या – १०७३७, भैंसी–३०५७३ र भेडा बाख्रा –१०६६०० रहेको छ । जुन घाँसपालमा आधारित रहन्छ । यहाँ भएका गाई भैंसीहरु अधिकांश स्थानीय तथा पुराना जातका हुन । ती सम्पूर्ण गाई भैंसीहरुले थोरै दूध तथा मासु दिने गदर्छ । यिनीहरु धेरै खाने, पेट ठुलो भएको, लामो समय पछि बाली जाने, दुई बेतको अवधि बढी हुने, रोग ब्याधी संग लडन सक्ने क्षमता कम भएको, कम उत्पादन क्षमताको हुनेगरेको पाइन्छ।

यस जिल्लामा भएका गाईवस्तुहरुलाई उत्पादनको दृष्टिकोणले नेपाली शान, शौखत, शोभाको दृष्टिकोणले केही ठुला कृषकहरुले पालेका हुन्छन भने केहीले धेरै घाँस, भुसा तथा प्रशस्त बाँध्ने ठाउँ भएकोले नै बढी संख्यामा गाई भैंसी राखेका हुन्छन भने केहीले स्थानीय जातबाट बढी फ्याट प्रतिशत आउँछ भने धारणाले पालेका हुन्छन् । यसरी बढी संख्यामा पाल्नलाई धेरै झन्झट न हुनुको कारण खुल्ला/छाडा किसीमले पशु पालन गर्नु  हो ।

यो एउटा पुरानो प्रथा हो । पहिले पहिले परिवारमा थोरै व्यक्ति हुने, प्रशस्त जग्गा हुने, अन्य खर्च (विलासिता) कम हुने भएको अवस्थामा सालमा एक पटक मात्र खेती गरिन्थ्यो । त्यस्तो अवस्थामा गोठ सार्ने प्रथा हुन्थ्यो । मतलव केही दिन एक ठाँउमा गाई बस्तु चरणको लागी छाडिन्थ्यो भने पछि अर्का ठाउँमा । अहिले पनि उही प्रथाको असर रहेकोले एक मात्र बालीधान खेती पछि बाँकी समयमा खाली राखिन्छ । जन घनत्व बढने क्रममा व्यवसायिक रुपमा यस्ता प्रथाहरु हराउदै गए तर कपिलवस्तुमा हाल पनि विद्यमान रहेको छ "छाडा पशुपालन" .

तराईका जिल्लाहरु मध्ये गरिवीको दोस्रो स्थानमा रहेको कपिलवस्तु जिल्लामा गरिवी न्यूनीकरणको लागी विभिन्न कार्यक्रमहरु लागु गरिएको छ । ती कार्यक्रम, योजना, परियोजनाहरुले विभिन्न रुपले कृषिमा निर्भर रहेको ८४% जनताको आर्थिक अवस्था सुधारको प्रयास गरिरहेको छ । ती कार्यक्रमहरु मध्ये गतिले बढी रहेको तरकारी खेतीको लागी छाडा पशुपालन त शत्रुको रुपमा रहेको छ । तरकारी खेती त धान गहुँ तथा अन्न बाली भन्दा ४ गुणा बढी आम्दानी हुने नगदे बालीको रुपमा देखिने थालेको छ । ग्रामीण भेकका केही कृषकले तरकारी खेती बाटै आफ्नो जिविका चलाई रहेका छन् । त्यसका लागि ढिकीपम्प गाडेका छन्, मरी मरी ढिकीपम्प चलाई सिचाई गरी बसन्ते तरकारी गरेका हुन्छन । तर छाडा पशु पालनले कुन दिन सखाप पार्दछ भने डराई रहेका छन् । धेरै कृषकले धान पछि गहुँ, मसुरो, धनिया, तोरी, चना आदी न लगाई ४५% जग्गा त्यस्तै बाँझो (खाली) राख्दछ । ती मध्ये अधिकांश छाडा पशु पालनको डरले नै खाली राखिन्छ । यो प्रथाले बन जंगल मासिनुका साथै डढेलो लाग्ने संभावना बढी हुन्छ ।

यी सबैले गर्दा जिल्लाको उत्पादकत्व घटनुका साथै गरिबी प्रतिशत बृद्धि थप सहयोग गर्दछ । तसर्थ छाडा पशु पालन नियन्त्रणलाई हामी सबैले केन्द्रित हुनु नितान्त आवश्यक देखिन्छ ।

छाडा पशु पालनका केही बेफाइदाहरु

  • सामाजिक कलह हुने ।
  • विषादी छरेको घाँसपात बाली विरुवा गाईवस्तुले खाएपछि विरामी हुने तथा दुधमा समेत अंश जाने हुनाले मान्छेमा समेत नराम्रो असर पर्ने ।
  • आफुले पालेको गाईवस्तुको मल र पिसाब अरुको खेत बारीमा जाने ।
  • चर्ने क्रममा गाईवस्तुको अनावश्यक शक्ति खर्च भई दुध उत्पादन घट्ने ।
  • गाईवस्तु हराएर अथवा चोरी भएर आर्थिक नुक्सानी हुन्छ ।
  • फोहोर पानी तथा प्लाष्टिक खाएर पशुवस्तुको स्वास्थ्यमा नराम्रो असर पर्दछ ।
  • अरुले छाडा गाईवस्तुलाई अनावश्यक पिट्ने, घाँउ लगाउने गर्दछ ।

नियन्त्रणका उपायहरु

  • सामुहिक तरकारी खेती गर्ने ।
  • खेती गर्न सिचांईको प्रवन्ध गर्ने ।
  • खेत खाली न राखी धान पछि मसुरो, तोरी, आलस, गँहु, उँखु आदी लगाउने ।
  • उँखु बाली प्रशस्त भएमा घाँसको समस्या धेरै नियन्त्रण हुने तथा कम मिहनेत र खर्च आम्दानी हुने भएकोले मध्यम, ठुला कृषकले जोड दिने ।
  • गोबर ग्याँसको व्यवस्था द्धारा गोबरको उपयोगिता बढन गई बधुवाँ पशुपालन हुने ।
  • प्रशस्त मात्रामा बहु वर्षे (नेफियर, लुर्सन, टियोसिन्टे, दिनानाथ, भेच, डाले घाँस, भूई घाँस, मकै, जै, वर्सिम, स्टाइलो, जुनेलो आदी) खेत आली, डिल, नहर नदीको छेउछाउ लगाउने ।
  • पराल, गहुँ, मसुरोको भूस राख्ने र हे साइलेज बनाउने ।
  • परालको कुटी, गहुँको भूस संग पिना, चोकर, पिठो आदी मोलेर खुवाउने ।
  • कृषकहरुले गाईवस्तुले मन नपराउने बाली जस्तै: धनिया, मेन्था (पुदिना) लसुन, प्याज आदी लगाउने ।

About the author

Shree Bhagavan Thakur's picture

Full Name
SHREE BHAGAVAN THAKUR

Position
Agriculture Specialist

Organization
UNDP/LRP

View full user profile