फोर्ड–नेपाल, ओखलढुंगा २०५६ साल स्थापना भई यस जिल्लाका गरीवी, दलित, जनजाती, महिला तथा पछाडि पारिएका समुदायको आर्थिक, सामाजिक, भौतिक, मानवीय विकास र वातावरण संरक्षणका लागि दातृ निकायहरु, सरकारी तथा गैर सरकारी निकायहरु वीच सहकार्य, समन्वय र साझेदारीमा विभिन्न गतिविधीहरु संचालन गर्दै आएको छ । यसै सन्दर्भमा गरीबी निवारण कोष, नेपालको साझेदारीमा यस जिल्लाका मूलखर्क, सिस्नेरी, वलखु र पलापु गा.वि.स. मा कार्यक्रम शुरु हुन लागेकोले सो कार्यक्रम संचालनका लागि तल उल्लेखित कर्मचारीहरुको आवश्यकता परेको हुँदा योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट दरखास्त दिन हुनका लागि अनुरोध गरिन्छ ।
पद : कार्यक्रम संयोजक संख्या –१ जना
योग्यता
(क) वि.ए. वा सो सरह उत्तिर्ण गरी सामुदायिक विकासको क्षेत्रमा कम्तिमा ६ वर्षको अनुभव भएको वा
(ख) एम.ए. वा सो सरह उत्तिर्ण गरी सामुदायिक विकासको क्षेत्रमा कम्तिमा ५ वर्षको अनुभव भएको
आवश्यक ज्ञान र सीप
- सहभागीतामुलक विकास अवधारण सम्वन्धि ज्ञान भएको
- समन्वय गर्ने सीप भएको
- Basic Computer Office Packages मा दक्षता भएको
- विकास प्रक्रिया सँग सम्वन्धित तालिम सञ्चालन गर्न सक्ने
- कार्यक्रम प्रस्ताव, प्रतिवेदन, घटना अध्ययन आदी तयार गर्न सक्ने
- लक्षित कार्यक्रमको अवधारणा अनुसार सामाजिक परिचालक तथा समुदायलाई अभिमूखीकरण गर्न सक्ने
- सामुदायिक संस्थाहरुद्वारा संचालित उप परियोजना तथा तीनका प्रकृया लगायत उपलक्धिहरुको अनुगमन गर्न सक्ने
- विभिन्न दातृ निकायहरु सँग सम्वन्ध विस्तार गरी समुदायलाई सुसुचित गर्न सक्ने
- फिल्डमा गई अत्यन्त विषम परिस्थितीमा समेत काम गर्न सक्ने
साम्दान गर्नु पर्ने कार्यहरु
- समुदायमा सामाजिक परिचालन तथा प्राविधिक सेवाहरुको प्रभावकारितालाई सुनिश्चित गर्ने
- कार्यक्रम अभिमुखीकरण तथा सामाजिक परिचालनका साधनहरुका लागि सामाजिक परिचालक र अन्य कर्मचारीहरुलाई सहजीकरण गर्ने ।
- सामुदायिक संस्थालाइ लगानी, अपेक्षित परिणाम र कार्ययोजनाको कार्यान्वयन गर्न उप आयोजना तयार गर्न सहजीकरण गर्ने
- सम्बन्धित तालिम र अभिमुखीकरणमा स्रोत व्यक्तिको रुपमा भूमिका गर्ने
- कार्यक्रमको प्रतिवेदन, घटना अध्यायन र अन्य प्रकाशनहरु तयार गर्ने
- कार्यक्रम कार्यान्वयन प्रक्रिया हेर्ने र हरेक क्रियाकलाप गरीबी निवारण कोषको प्रक्रिया र प्रणाली अनुसार क्रियाशील छन् भनी सुनिश्चित गर्ने
- हरेक सामुदायिकको उप परियोजनाहरुको अनुगमन गर्ने र हरेक क्रियाकलापहरु स्वीकृत मूल्य, स्तर र उपशीर्षक अनुसार कार्यान्वयन भएको सुनिश्चित गर्ने
- सम्बन्धित कार्यक्रममा संलग्न कर्मचारीहरुको सुपरिवेक्षण गर्ने
- लगानीको वृद्धि र कार्यक्रमको प्रभावकारीताका लागि सरोकारवालासँग सम्बन्ध र समन्वय गर्ने • साझेदार संस्था स्तरमा व्यवस्थित सुचना प्रणाली कायम राख्ने र नियमित रुपमा सुचना प्रदान गर्ने र अन्य आवश्यक सुचना दिने
निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरु
१. शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपि
२. नागरिकताको प्रतिलिपि
३. व्यक्तिगत विवरण
४. हाल सालै खिचेको पासपोर्ट साईजको फोटो २ प्रती
५. तालिम तथा अनुभव प्रमाणपत्रको प्रतिलिपि
७. अन्य सस्थामा संलग्न भए सो संस्थाको प्रमाणित No Objection Letter
आवेदन दिने अन्तिम मितिः २०६६ माघ २१ कार्यालय समय भीत्र
सम्पर्क मिती: २०६६ साल माघ २२ गते
परिक्षाको किसीम: लिखित, अर्न्तवाता र प्रस्तुतीकरण
तलब तथा अन्य सेवा सुविधाः गरीवी निवारण कोष/फोर्ड–नेपालको नियमानुसार
पुनश्च: छोटो सुचीमा परेका उमेद्ववारलाई मात्र लिखित परिक्षामा समावेश गरिने छ । साथै कार्यक्रम संयोजकको हकमा Email बाट पनि दरखास्त दिन सकिने छ । जिल्ला भीत्रका र स्थानीय दलित, महिला तथा जनजातिहरुलाई प्राथमिकता दिइनेछ ।
थप जानकारीका लागि सम्पर्क
ग्रामिण विकास मञ्च (फोर्ड) नेपाल, ओखलढुंगा
फोन नं.– ०३७–५२०२०५
ईमेल: [email protected]
| Attachment | Size |
|---|---|
| Vacancy-FORD (Okhaldhunga).pdf | 88.57 KB |
- Add new comment
- Bookmark & Share